मंगलबार २८ बैशाख २०७८

माछा मा र्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। यही चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मा र्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो ।

प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको प्रनाउ दाहालले बताए । उनलाई नदीले बगाएर बे प त्ता बनाएको थियो । प्रजाको सोही रातिदेखि खोजी भए पनि फेला पर्न सकेका थिएनन् । स्थानीयवासीले शहीद लखन थापा गाउँपालिका–४ स्थित भु ते बगरको त्रिशूली नदी किनारमा शव तैरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रजाको शव परीक्षण गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । सांकेतिक तस्वीर

१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया