मंगलबार ०७ चैत्र २०७९

गर्मी मौसम छ । यो सँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा डढनबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छः

– छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ

– घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

– जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ ।

– घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगाउनुहोस् ।

– चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ ।

– काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस् । यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ ।

– कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ । घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस् ।

– पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो । तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ ।

– कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस् ।

– उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घाममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस्।

– चर्को घाममा जानुअघि घामबाट बच्ने ठूलो चस्मा लगाउनुहोस् ।

३९० पटक हेरिएको

तपाईको प्रतिक्रिया