
काठमाडौ । कतिपय अवस्थामा कसैको पनि उमेर हेरेर गरिएको आँकलन गल्ती प्रमाणीत हुने गरेको छ । एक वृद्ध महिलाले आफ्ना छोरी बुहारी जस्तो महिलालाई नराम्रो काम गर्छिन होला भन्ने कल्पना पनि गर्न सकिदैन । एक ७५ वर्षीया वृद्ध महिलाले अन्य युवती र महिलालाई धन्दा गराउने गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । सानो होटल संचालन गर्दै आएकी ति बृद्ध महिलाले होटलको आवरणमा अन्य काम पनि गर्न थालेको संकेत स्थानिय छिमेकीले शंका गरेका थिए ।
छिमेकीले होटलमा भइरहेको गतिविधि प्रति चासो राखिरहेका थिए । एक जना महिला भन्छिन्, यति सानो होटल छ विहान दुध ल्याउने पुरुषहरुको लामो साइकलको लाइन लाग्ने गरेको छ । यस्तो वृद्ध महिलाले यस्तो काम गराउँछिन् भन्ने कल्पना कसरी गर्ने ? प्रहरी र स्थानियले उनलाई पहिलो पटक फेला परेको भन्दै माफी दिएका छन् । उनले लकडाउन पछि ब्यवसाय चौपट भएपछि यस्तो धन्दा चलाउन लागेको बताएकी छन । तर स्थानियले उनको पहिला पनि होटल भएको बताउँछन् ।
तर केही पर होटल गर्दै आएकी ति महिलाले लकडाउन पछि ठाउँ सारेकी थिइन् । उनले थोरै कमाई गरेर पसल संचालन गरेको बताएकी छन् । उनले केही महिला आफुहरुले त्यस्तै काम गर्ने गरेको बताएकी छन् । उनले दिनमा एक दुई जना पुरुष कामका लागि आउने गरेको र ति पुरुषलाई महिलाले सेवा दिने गरेको बताइन् ।
उनको चिया नास्ता पसलमा प्रहरी आए त्यस्ता ब्यक्तिलाई भा ग्ने ठाउँ पनि बनाएकी छन् । स्थानिय र संचारकर्मी जाँदा त्यहा धन्दा गर्ने महिला पनि फेला परेका थिए । उनीहरुले आफुहरु समस्यामा परेर यस्तो काम गर्न बाध्य भएको बताए । श्रीमानले छोडेर हिडेपछि साना छोराछोरी पाल्न यस्तो पेशा गर्न बाध्य भएको महिलाले बताए ।