बुधबार १५ चैत्र २०७९

एजेन्सी । महिलाको चरित्रलाई लिएर अझै पनि समाज कति संकृण छ भन्ने कुराको उदाहरण भारतको कोल्हापुर महाराष्ट्रमा भएको छ । त्यहाँको पञ्चायतले दुई दिदीबहिनीलाई ुतलाक आदेशु दिएको छ । समाजले दिदीबहिनीको कुमारीत्व परिक्षण गरेको थियो । जसमा एक जना परीक्षणमा असफल भइन् । अहिले यो घटना प्रहरीमा दर्ता भएको छ ।

यस्तो छ पुरा घटना भारतीय मिडिया इन्डिया टुडेु मा प्रकाशित समाचार अनुसार यी दुई बहिनीहरूको विवाह नोभेम्बर २०, २०२० मा कर्नाटकको बेलगाउँमा दुई दाजुभाईसग भएको थियो । एक भाइ सेनामा काम गर्छन् भने अर्को भाइ निजी कम्पनीमा काम गर्छन्। दुबै दिदीबहिनी कञ्जरभट समुदायका हुन्। विवाहको केही दिन पछि यी दुई बहिनीहरूका ससुराले कुमारीत्व जाँच गरे। परम्परा अनुसार दुबै दिदीलाई सेतो पानाहरू दिइएका थिए। जब उनीहरुले सम्बन्ध राखे त्यती बेला र ग त आउँछ की आउँदैन भनेर परिक्षण गरियो । एक जना युवतीको कागजको पानामा र ग त देखियो भने अर्कोकोमा देखिएन ।

सम्बन्ध स्थापित गर्दा र ग त नआएको भनेर उनलाई विवाह भन्दा पहिला अरुसंगै सम्बन्ध बनाएको आरोप लगाइयो । तर ति बेहुलीले प्रहरीमा बताए अनुसार विवाह पछि उनका श्रीमान र ससुराले घर बनाउन भन्दै १० लाख रुपैया मागे । यदि पैसा नदिए दुवै दिदीबहिनीलाई बुहारी स्वीकार गर्दैनौं र घरवाट निकालिदिन्छौं भन्ने चेतावनी पनि उनीहरुले दिए । पैसा दिन नसकेकै कारण आफुहरुलाई यस्तो आ रो प लगाइएको बेहुलीको भनाई छ । युवतीको उजुरीका आधारमा प्रहरीले आठ जनाको विरुद्ध मु द्दा दर्ता गरेको छ।

ती बहिनीहरूका अनुसार उनकी आमाले जाट पञ्चायतलाई सहयोगको लागि सम्पर्क गरे। यहाँ पनि उनलाई समस्यामा पारियो । जातीय पञ्चायतले बहिनीकी आमासँग कुरा सुल्झाउन ४० हजार रुपैयाँ मागे। आमाले पैसा दिइन् । तर पञ्चायतले कुमारीत्व परिक्षणमा असपल भएका कारण उनीहरुको विवाह अलग गर्ने मात्र होइन परिक्षणमा असफल भएकी युवतीलाई सामाजिक वहिष्कार गर्ने निर्णय गरियो । यस पछि, युवतीकी आमाले सहयोगको लागि प्रहरी गुहारीन् ।

७४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया