बुधबार १५ चैत्र २०७९

काठमाडौँ ।साधारणतया हाम्रो हातको कुहिनो र घुँडाको भाग शरीरको अन्य भागको तुलनामा बढी कालो हुने गर्दछ । केही बाहिय कारण तथा थिचिएका कारण शरीरको अन्य भागको तुलनमा ती भाग बढी कालो देखिन्छ । जसबाट कहिलेकाही हामीलाई असहजता समेत पैदा गर्छ । तर नआत्तिनुस् आज हामी तपाईँलाई केही घरेलु टिप्स दिदैछौँ जसको प्रयोगले तपाईँको कुहिना तथा घुडाको कालोपन हटाउन मद्धत गर्नेछ ।

घुँडा र कुहिनोको कालोपनले तपाईंको पर्सन्यालिटी बिगार्दछ, तर यसलाई सुधार गर्न गाह्रो काम होइन। तपाईलाई यसको लागि महँगो प्रोडक्टहरु पनि किन्न आवश्यक पर्दैन। आज हामी तपाईंको पर्सन्यालिटी जोगाउन र यी दागहरू हटाउन घरेलु उपचारहरू लिएर आएका छौं, जसको प्रयोग गरेर तपाईंले बिना कुनै हिचकिचाहट स्लीभलेस र सर्टको पोशाक लगाउन सक्नुहुनेछ।

बेसार र दुधको पेस्ट
बेसार, दूध र महले बनेको प्याक कुहिनो र घुडाको कालोपनलाई हटाउनका लागि धेरै मदत गर्छ। यसलाई बनाउनको लागि, एक चम्चा मह र दुई चम्चा चिनी ४ चम्चा दुध बेसारमा राख्नुहोस् र यसलाई राम्रोसँग घोल्नुहोस् र यसलाई पेस्ट जस्तो बनाउनुहोस्। पेस्ट यदि गाढाँ भएमा तपाई थोरै दुध मिसाउन सक्नुहुनेछ । यसपछि पेस्टलाई आफ्नो कालो कुहिनो र घुँडामा लगाउनुहोस् र २० मिनेटसम्म राख्नुहोस् । र २० मिनेट पुरा भएपछि यस्लाई पखाल्नुहोस् ।

घिउँकुमारी र बेकिङ् सोडा
लामो समयसम्म आफ्नो कुहिनोलाई ध्यान मदिएको कारण यदि कुहिनो र घुँडा कालो भएमा यो उपाय अपनाउनु बेस्ट् हुनेछ । यसलाई अपनाउनु अगाडि सबैभन्दा पहिला घिउँकुमारी आफ्नो कुहिनो अथवा घुँडामा लगाउनुहोस् । र सुख्न दिनुहोस् । त्यसपछि एक चम्चा बेकिंग सोडामा एक २ चम्चा दूध मिसाएर पेस्ट बनाउनुहोस्। अब एलोभीरा जेल सुकाएपछि, यो पेस्टको साथ कुहिनो मालिश गर्नुहोस् जबसम्म यो सुक्दैन र र झर्दैन। यो पछि कुहिनोलाई चिसो पानीले धुनुहोस्।
तपाईं यो घरेलु उपाय हप्तामा तीन पटक लागू गर्न सक्नुहुन्छ। यसले तपाईंको कुहिनोको रंग धेरै नै चाँडो हटाउनेछ।

कागती र प्याजको रस
कुहिनो र घुँडालाई सफा र गोरो बनाउनको लागी कागतीको एउटा सानो टुक्रा एकदमै उपयोगी हुन्छ । तपाईं रातमा निदाउनु अघि कुहिनो र घुडामा कागतीको टुक्राहरू लाउन सक्नुहुन्छ। यस बाहेक, तपाईं यसलाई प्याजको रसको साथ मसाज पनि गर्न सक्नुहुनेछ।

दही
कालो कुहिनोलाई निखारता ल्याउन दहीको प्रयोग पनि गर्न सक्नुहुन्छ । यो स्क्रब बनाउनको लागि, एक चम्चा दहीमा थोरै मात्रामा सिरका मिक्स गर्नुहोस् र त्यसपछि यसमा २ चम्चा चिनी थप्नुहोस्। यसपछि तपाईले आफ्नो कुहिनोलाई १५ मिनेटसम्म मालिश गर्नुहोस् र त्यसपछि यसलाई चिसो पानीले धुनुहोस्। यसको ३ चोटीको प्रयोगले तपांईको कुहिनो साथै घुडाको कालोपन गायब हुन्छ ।

नौनी र वेसारको धुलो :
नौनी र बेसारको धुलो मिसाउनुस । त्यसबाट बनेको लेप कुहिना र घुँडामा राम्ररी लगाउनुस् । बेसारमा बीचिंगको गुण हुन्छ । नौनीले मोइस्चसाइजको जस्तै काम गर्छ । यो दुईको मिश्रणले कालो भाग हटाउन काम गर्छ । तपाईँ चाहनुहुन्छ भने यो लेप लगाएर केही बेर छाडन पनि सक्नुहुन्छ । केही क्षणपछि मनतातो पानीले धुनुपर्छ ।

२३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया