
बेलाबेला विवादमा परिरहने चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगर र गायक राज क्षितिजको स्वरमा ‘लाहुरे” बोलको गीतको भिडियो ओ एस आर डिजिटल युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।
गायक राज क्षितिजकै शब्दमा रहेको उक्त गीतमा नवीन रावलले संगीत भरेका हुन् । उत्तम वाइवा लामाले निर्देशन गरेको गीतको भिडियोमा कलाकारहरु राज क्षितिज, रिचा थापा, बुद्ध श्रेष्ठ भुपाल कार्की लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । सागर गौतमले खिचेको भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका हुन ।
लाहुरे श्रीमान लामो समयसम्म पनि घरमा नफर्किएपछि श्रीमतीले अर्कै युवा सँग विवाह गर्ने सोच बनाउछिन् । ‘भने युवकले पनि माइती गएको श्रीमती घर नफर्किदा लाहुरेको श्रीमतीमा नजर लगाउन पुग्छ।” यस्तै यस्तै भावमा समेटिएको लाहुरे गीतको पूरा भिडियो हेर्नुहोस् :
भिडियो :