शनिबार ०९ साउन २०७८

मेषः काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला । प्रेममा अविश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । आफन्त दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

वृषः व्यापार लगानी गरी धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायमा गरिएको लगानी फस्टाएर जानेछ । व्यापारकै शिलशीलामा छोटो दुरिको यात्राको तय हुनेछ । भौतिक सम्पत्ती तथा विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरिमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेको छ ।

मिथुनः स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउँन सफल होईनेछ । पढाई लेखाईमा गरीएको मिहेनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । राम्रोसँग मिहेनत गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

कर्कटः अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा बित्तिय क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

सिहंः आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।

कन्याः व्यापार व्यवसायमा थोरै समय दिएपनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

तुलाः बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया पैसा कमाउन सकिनेछ । मिहेनतले प्रतिस्पर्धीहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

वृश्चिकः पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ती तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जीवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।

धनुः दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पत्ती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनी लामो दुरिको विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

मकरः स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

कुम्भः राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो बलियो हुने तथा परिवारका साथ घरमै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

मीनः अल्पकालिन तथा दीर्घकालिन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाईमा मन जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको छ । वौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरु साटासाट हुनेछ । सामाजिक तथा परोपकारि काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नया काम गर्न सकिनेछ ।

१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया