बुधबार २० साउन २०७८

एजेन्सी/बलिउडमा अत्यन्तै रुचाइएको चर्चित जोडी हो अनुष्का शर्मा र भारतीय क्रिकेट कप्तान विराट कोहली । यो जोडीले लामो समय प्रेममा रहेर अचानक बिहे गरेका थिए । जति बेला दुवै जना करिअर बनाउने उत्कर्षमा थिए ।

जति बेला अनुष्का भर्खर २९ वर्षकी थिइन् । दुवैको विवाह भएको करिब डेढ वर्षपछि अनुष्काले चाँडै विवाह गर्नुको कारण खोलेकी छिन् । उनले भनेकी छन्:

‘मलाई प्रेम भएको थियो । हो, म उसलाई प्रेम गर्थेँ र अझै गर्छु । यसै कारण मैले चाँडो विवाह गरेँ ।’ अगाडी थपेकी छन् । ‘हाम्रा दर्शक हाम्रो उद्योगभन्दा माथि पुगिसकेका छन् । अब दर्शक कलाकारलाई मात्र पर्दामा देख्नमा रुचि राख्छन् । उनीहरूलाई तपाईँको व्यक्तिगत जीवनलाई लिएर कुनै फरक पर्दैन ।’

अब कलाकारको विवाह भएको छ या छैन भनेर दर्शकले मतलब नै नगर्ने उनले बताइन् । फिल्म जिरोमा अभिनय गरेपछि पछिल्लो समय कुनै पनि फिल्ममा अभिनय गरेकी छैनन् । बलिउडमा उनले धेरै सफल फिल्ममा अभिनय गरेकी छन् । र नायिका अनुष्काले केही महिना पहिला पहिलो सन्ताको रूपमा छोरीलाई जन्म दिएकी छिन् ।

२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया