मंगलबार ०२ कार्तिक २०७८

एजेन्सी । दिन पछि रात र रात पछि दिन यो प्राकृतिक नियम नै हो । यस्मा कुनै शंका छैन । , तर यदि केही महिनासम्म रात नपरोस् त ? केवल दिन मात्र होस् कस्तो होला ? के यसको परिकल्पना कहिल्यै गर्नु भएको छ ? रात नभएमा हामीलाई थाहा नै हुँदैन कि कति बेला सुत्ने र कति बेला उठ्ने भन्ने ।

के यस्तो हुन्छ होला त ? यदि भईहालेछ भने पनि यो निकै नै आश्चर्य लाग्दो कुरा हो । तर यही आश्चर्य लाग्दो कुरा विश्वको कुनै देशमा भईरहन्छ । र यो सत्य हो । विश्वको एक यस्तो देश छ जहाँ केही दिनसम्म सुर्य अस्ताउँदैन । यो देशमा सुर्यका प्रकाश रहिरहन्छ । रातको महसुस नै हुँदैन् ।

त्यो देश हो नर्वे । जस्लाई मध्य रात्री देश पनि भनिन्छ । त्यहाँ मे देखि जुलाईको बीचमा करीब ७६ दिनसम्म घाम अस्ताउँदैन । ७६ दिनसम्म सुर्यको प्रकाश डुब्दैन् । धेरै मानिसहरुले रातै नभएको आनन्द महसुस गर्नकै लागि नर्वे पुग्ने गरेका छन् ।

ग्रेट ब्रिटेनपछि युरोपको सबैभन्दा ठुलो आईलैन्ड हो । यहाँ रातमा पनि सुर्यको प्रकाशको आनन्द लिन सक्कनुहुन्छ । १० मे बाट जुलाईको अन्त्यसम्म सुर्य डुब्दैन । यस्को सम्झना जीवनभर आइरहन्छ ।

४३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया