आइतबार १९ मंसिर २०७८

काठमाडौ । टिकटक बनाउन जानेहरुको भिड बढेर ज्यानको जोखिम भएपछि स्थानिय प्रशासनले ललितपुर महानगरपालिका(४ धोबिघाटस्थित मल पोखरीमा प्रवेश निषेध गरेको छ ।

टिकटक भिडियो बनाउन जानेहरुको त्यो ठाउँमा ठूलो भिड लाग्ने गरेको थियो । केही युवायुवतीहरूले टिकटकमा भिडिओ हालेपछि भाइरल बनेको मलपोखरीमा दुर्घटना नहोस् भनेर स्थानिय प्रशासनले जान निषेध गरेको हो ।

जोखिमयुक्त स्थानमा युवा युवतीको भिडले जोखिम हुने भएकाले त्यहाँ जान निधेष गरिएको स्थानिय प्रशासनले जनाएको छ । त्यहाँ वडा कार्यालयले निषेधित क्षेत्र भन्दै वोर्ड राखेको छ । जोखिम बढेपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले त्यहाँ प्रवेश निषेधको वोर्ड लगाउन वडा कार्यालयलाई आग्रह गरेपछि अहिले बोर्ड समेत राखिएको छ ।

तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायुवतीहरू उफ्रिएर, नाचेर, दौडिएर भिडिओ बनाउन थालेका थिए।

दलदलमा परेर दुर्घटना हुन सक्ने भएकाले प्रहरीले सतर्कता अपनाएको हो । अहिले महानगरीय प्रहरी प्रभाग बल्खु र वडा(४ को समन्वयमा सो क्षेत्र निषेधित घोषणा गर्दै बोर्ड राखिएको हो।

ुमलपोखरीको दलदलको माथि जोखिमपूर्ण रूपमा जाने तथा अनावश्यक रूपमा भिडिओ तथा फोटो खिच्दा दलदल भासेर ज्यान समेत जान सक्ने भएको हुँदा सो किसिमको क्रियाकलाप यस स्थानमा गर्न निषेधित गरिएको छ,ुउक्त बोर्डमा लेखिएको छ।

ुकाठमाडौं उपत्यका खानेपानी लिमिटेडको जग्गामा रहेको त्यो पोखरी छ । दलदल युक्त स्थानमा युवाहरु जोखिम मोलेर पुग्ने गरेका छन् । सामाजिक सञ्जाल टिकटकमा युवा युवतीले बनाएका भिडियो भाइरल भएको थियो ।

यसअघि सो क्षेत्रमा दुई जना प्रहरी खटाइएको थियो। तर पनि युवायुवतीहरू प्रहरीको बेवास्ता गर्दै त्यहाँ गएर भिडिओ बनाउन नछोडेपछि प्रहरीले सो स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो । तस्बिर सेतोपाटीवाट

२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया