आइतबार १९ चैत्र २०७९

भारतमा कोभिड सङ्क्रमण बढेपछि नेपाल आउने जाने यात्रुहरुका लागि समस्या थपिएको छ। महाराष्ट्रमा सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि त्यहाँबाट आउने तथा नेपालबाट महाराष्ट्र जाने नेपालीहरु बाटोमै अलपत्र परेका छन्।

भारतमा पहिलो पटक दैनिक संक्रमित हुनेको संख्या करीब एक लाखसम्म पुगेको छ जुन अहिले सम्मकै ठुलो संख्यामा रहेको केश हो। महाराष्ट्र, कर्नाटक, छतिसहढ, दिल्ली, तामिलनाडु, उत्तर प्रदेश, पंजाब, मध्य प्रदेश लगायतका राज्यहरुमा नयां कोभिड केसको संख्या तिव्र रुपमा बढेको छ। अहिलेको सन्दर्भमा करीब 80% कोभिड केशहरु यि राज्यहरुमै रहेका छन।

भारतका विभिन्न राज्यहरुमा कोभिड मामिलाहरु लगातार बढ्दै गएपछि राज्य सरकारले राज्यमा आउने मानिसहरुका लागि कडाई गरेपछि नेपालीहरु बाटोमै अलपत्र हुन पुगेका हुन्। कोभिड मामिला बढेका राज्यहरुले राज्यमा लकडाउन गर्नुका साथै बाहिरबाट आउने मानिसहरुको अनिवार्य कोभिड रिपोर्ट माग्ने गरेको छ। बिशेषगरी महाराष्ट्रबाट नेपाल आउने जाने नेपालीहरु राज्यको नाकामा अलपत्र परेका हुन्। हिजो मुम्बईबाट नेपाल गईरहेका कैयौं बसहरुलाई यात्रुको कोभिड रिपोर्ट नभएका कारण राज्यको नाका पार गर्न दिईएको थिएन।

उनिहरुको कोभिड जाँच गर्न भन्दै आजसम्म सिमामै रोकिएको छ। मुम्बईका बिराज ठकुल्ला र अर्जुन कुमार बिकेले नेशनल लाईभसित कुरा गर्दै हिजो मुम्बईबाट नेपाल जान लागेका कयौं नेपालीहरुलाई महाराष्ट्रको सीमामा रोकिएको बताएका छन । महाराष्ट्रमा कोभिड संक्रमण धेरै बढेको भन्दै अन्य राज्यहरुले आफ्नो राज्यमा प्रवेश गर्नु अघि कोभिड परीक्षण गराइरहेको उनिहरुले बताएका छन । उनिहरुको आज कोभिड जाँच पश्चात नेपाल जान दिने भनिएको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पुन: जनताका काखमा आइपुगेको बताएका छन्। मंगलबार रूकुम पश्चिममा भएको जनप्रशिक्षण कार्यक्रममा पुगेका प्रचण्ड आफूलाई दु:खमा बचाउने नेता तथा कार्यकर्ता पछि परेकोमा आत्मआलोचना पनि गरेका छन्।

‘म आत्मआलोचना गर्न आएको हुँ। मलाई दु:खमा बचाउने र सहयोग गर्ने तथा अप्ठरो पर्दा प्रचण्ड भन्नेहरू ओझेलमा परेका छन्। जाली, फटाहले भाउ पाएजस्तो भयो,’ उनले भने।
उनले पार्टी छाडेर गएका र पुन: फर्केकाहरूलाई आफूले माथिल्लो तहमा जिम्मेवारी दिनु गल्ती भएको पनि बताए।

‘पार्टी विभाजन गरेर जानेलाई माथिल्लो तहमा जिम्मा दिएँ। मलाई गद्दार भन्नेहरू र ०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएँ। मैले गल्ती गरें। उनीहरू बिकाउ माल सावित भए,’ उनले भने।

उनले इमान्दार कार्यकर्तालाई अब पार्टीमा अगाडि बढाउने बताए। ‘इमान्दार कार्यकर्तालाई पार्टी, नियुक्तिहरू र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा मैले गल्ती गरेँ। सहिद परिवार ओझेलमा परेजस्तो भयो भने जनयुद्धमा त्याग गर्नेहरू पनि ओझेलमा परे। अब म त्यस्तो गर्दिनँ। हिजो युद्धमा लागेकालाई अगाडि बढाउने संकल्प गर्छु,’ उनले भने। उनले पार्टी छाडेर गएका र पुन: फर्केकाहरूलाई आफूले माथिल्लो तहमा जिम्मेवारी दिनु गल्ती भएको पनि बताए।

३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया