मंगलबार ०२ कार्तिक २०७८

गुल्मी– गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीदरबार गाउँपालिका -७ मा लु२३प ५०६७ नम्बरको मोटरसाइकल दु’र्घटना हुँदा चालक अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृ’त्यु भएको हो ।

गौंडाकोटबाट चारपालातर्फ जाँदै गर्दा घुम्ती भन्ने स्थानमा दु’र्घटनामा गरेको थियो । दु’र्घटनामा ग’म्भीर घा’इते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।मोटरसाइकल सडक बाट ३०० मिटर तल ख’सेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

थप समाचार –गुल्मीको गुल्मीदरबार गाउँपालिकाको दोश्रो चौमासिक समिक्षा सम्पन्न भएको छ । गाउँपालिकाको सभाहल गौडाकोटमा आयोजित औपचारिक कार्यक्रमका बिच यो चौमासिकमा गाउँपालिका बाट सम्पन्न कामको समिक्षा गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिना भण्डारी , प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे, सबै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु , राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गाउपालिकाले यो चौमासिकमा गरेका कामको बारेमा जानकारी गराउदै प्रशासकिय अधिकृत पाण्डेले ४०.४१ प्रतिशत चालू तर्फको बजेट खर्च , २१. ४० प्रतिशत पुजिगत बजेट खर्च भैसकेको जानकारी दिनुभयो । वहाले यो बर्ष गत बर्षभन्दा यो बर्ष बजेट समयमै खर्च भएको जानकारी गराउनुभयो ।

१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया