
काठमाडौँ । चलचित्र ‘ए मेरो हजुर ४ ‘छायांकन सेटबाट नै एउटा दृश्य बाहिरिएपछि निर्माण यूनिट त’नावमा परेको छ । ग्राण्डी अस्पतालमा छायाङ्कन गरिएको एउटा दृश्यलाई सर्वसाधारारणले नै खिचेर टिकटकमा हालिदिएपछि उक्त दृश्य अहिले भाइरल बनिरहेको छ ।
अस्पतालको प्राङ्गणमा छायांकन गरिएको उक्त दृश्य एकाएक टिकटकमा देखिएपछि अनमोलको बिरामी अवस्थाको लुक्स भाइरल बनेको छ । सु’टको क्रममा रहेको उक्त भिडियोलाई खिचेर एक सामाजिक सञ्जाल प्रयोगकर्ताले टिक टकमा हाल्दिए पछि निर्माण टिम तनावमा आएको हो ।
हाल टिकटकमा हालेको उक्त क्लिप सामाजिक सञ्जालमा पनि भाइरल भइरहेकोदृश्यमा अनमोल केसीको सिन छायाङ्कन भइरहेको देख्न सकिन्छ ।
जसमा बिरामीले लाउने खालको निलो कपडा , छोटो कपाल र दुब्लो शरीरमा देखिएका अनमोलको लुक्स बाहिरिएको निर्माण यूनिटले जनाएको छ । निर्माण टिम अनमोलले कपाल का’टेपछिको लुक्स चलचित्र रिलिज अगाडि सार्वजनिक गर्ने सोचमा नभएका बेला आइपरेको समस्याका कारण त’नावमा छ ।
जुन सिन चलचित्रको क्लाइमेक्स सिन रहेको स्रोत बताउँछ । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतीक पौडेल र उपकार पाण्डे, झरना थापा र छेतेन गुरुङको पटकथा तथा संवाद छ ।