बुधबार १५ चैत्र २०७९

उन्नाइस वर्षीया युवतीलाई कर णी गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।

कैदसँगै वनले पीडित युवतीलाई रु ८० हजार रकम क्ष’तिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।

विसं २०७७ असार १७ गते ती युवतीलाई कर णी गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा मुद्दा दर्ता गरेको थियो । वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

तलको भिडियोमा ससुरा र बुहारीको कर णीको घटनाको युवतीले दिएको बयान राखिएको छ हेर्नुहोस भिडियोमा

४३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया