
गायीका अञ्जु पन्तले केही समय अघि विवाह गरिन् । सम्बन्ध विच्छेद पछि करिब एक दशक एकल जिवन विताइरहेकी अञ्जुले थीर कोइरालासंग दोस्रो विवाह गरेकी हुन् ।उनी अहिले वैवाहिक जिवनमा निकै खुसी भएको देख्न सकिन्छ । थीरसंग विवाह पछि पहिलो पटक सार्वजनिक रुपमा अन्तरवार्तामा उपस्थित भएका उनीहरुले आफुहरुको भेट कसरी भयो र कसरी प्रेमको सुरुवात भयो भन्ने खुलाएका छन् ।
चिनजान पछि पनि निकै औपचारीक सम्बन्धमा रहेका उनीहरुले छोटो समयमा नै नजिकिएको बताएका छन् । अञ्जु भन्छिन्, एकै पटक विवाहको प्रस्ताव आउँदा म त छक्क परे । त्यस्तै थीरले पनि पहिलो भेट पछि आफुहरुले फोन नम्मर पनि साटासाट नगरेको बताएका छन् । विवाह अब गर्दिन भनेर बसेकी अञ्जुले छोरीको खुसीको लागि दोस्रो विवाह गरेको बताएकी छन् ।
एक वर्ष देखि सम्बन्धमा रहेका उनीहरुले एक अर्कालाई निकै धेरै बुझेर सुझवुझका साथ विवाहको निर्णय गरेका कारण अब आफु कहिल्यै दुखी हुन नपर्ने कुरामा विश्वस्त भएको बताएकी छन । आफुहरुको विवाहलाई लिएर सबैले खुसी ब्यक्त गरेकोमा पनि निकै खुसी लागेको बताएकी छन् ।
उनले आफुहरुको विवाहको भिडियो धेरै पटक हेरेर रोएँ भन्दै कमेन्ट गरेको मैले देखेकी छु, उनले भने, अञ्जुले कसैलाई रोजे हुन्थ्यो भन्ने सुझाव आउँथ्यो, मेरो छोरी परितोषिका संसारमा सबैभन्दा खुसी छ । उसकै लागि पनि मैले यो निर्णय गरेकी हुँ