
काठमाडौँ : जन्मिदा एउटा नाम भए पनि करियर अघि बढेसँगै आफ्नो नाम बदल्ने गरेका छन् । यसरी आफ्नो नाम बदल्नु कुनै ठुलो कुरो हैन। सिने क्षेत्रका चर्चित धेरै सेलिब्रेटीहरुको वास्तविक नाम हामीमध्ये केहीलाई मात्र थाहा होला । आज हामी तिनै नेपाली कलकारको कुरा गछौं जसले आजभन्दा करिब दुई दशकअघि नाम परिवर्तन गरेर आफ्नो नाम लुकाएका छन् ।
करिश्मा मानन्धर
सदावहार नायिका करिश्मा मानन्धरलाई नचिन्ने सायदै कम होलान् । किनकी उनको नाम बच्चादेखि वृद्धसम्म सबैको मुखमा झुण्डिएको छ । तर, धेरैलाई उनको वास्तविक नाम थाहा नै छैन । उनको वास्तविक नाम बुनु केसी हो ।
झरना थापा
दाइजोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी झरना थापा सदाबहार नायिकाका रूपमा परिचित छन् । थापाको वास्तविक नाम पनि सायद कमैलाई थाहा होला । उनको वास्तविक नाम कमला थापा हो । फिल्म क्षेत्रमा आउनका लागि उनले आफ्नो नाम फेरेकी हुन् । झरनाद्वारा निर्देशित नयाँ चलचित्र ‘ए मेरो हजुर ४’ चाँडै हेर्न पाइने पक्का छ ।
आना शर्मा
फिल्म जेरीबाट सिने उद्योगमा प्रवेश गरेकी अभिनेत्री आना शर्माको वास्तविक नाम अन्नपूर्ण शर्मा हो । पहिलो सिनेमाबाटै उनले सफलता हात पार्न सफल भएकी थिइन् ।
जल शाह
अभिनेत्री जल शाहको पूरा नाम जल शाह कर्माचार्य थियो । तर, उनी मात्र जल शाहका नामले परिचित छन् । उनले धार्मिक चलचित्र श्री स्वस्थानीबाट आफ्नो फिल्मी करियर शुरु गरेकी हुन् । उनले १४ वर्षको उमेरमा राजेश हमालको जोडी बनेर चलत्रिच अवतारमा अभिनय गरेकि थिइन् ।
गरिमा पन्त
आफ्नो नाम लुकाएकी अर्की नायिका हुन्– गरिमा पन्त । नायिका पन्तको वास्तविक नाम कमला पन्त हो । पछि उनले परिवर्तन गरेको नामले नै उनलाई चिनायो । आज उनी गरिमा पन्तका नामले परिचित छन् । गरिमा विवाह गरेर सिनेमा उद्योगबाट टाढिएकी छन् । उनले तीन घुम्ती, रंग बैजनी, प्रितिको फूल, सम्झना लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् ।
मेलिना मानन्धर
फिल्म प्रियसीबाट सिने यात्रा शुरु गरेकी अभिनेत्री मेलिना मानन्धरको वास्तविक नाम पनि कमैलाई थाहा होला । उनको वास्तविक नाम सुनिता मानन्धर हो । उनी आफैंले टेलिसिरियल करुणा निर्माण गरिन् र अभिनय पनि गरिन् । उनलाई दर्शकाले माया गरे र साथ पनि दिए ।
नन्दिता केसी
नन्दिता केसीलाई पनि फेरेको नामले राम्रै परिचय दियो । नयाँ नाम उनलाई निकै फापेको छ । उनको वास्तविक नाम शोभा केसी हो । हाल उनी अमेरिकामा छन् ।
युना उप्रेती
अभिनेत्री युना उप्रेतीले त्यति धेरै फिल्ममा काम गरेकी छैनन् । तर, पनि उनको नाम चर्चित छ । उनले काम गरेका एक दुईवटा फिल्मले नै उनलाई चिनायो । युनाको वास्तविक नाम जमुना उप्रेती हो ।
सुमिना घिमिरे
मोडलिङबाट अभिनयमा आएकी अभिनेत्री सुमिना घिमिरेले पनि यस क्षेत्रमा आउनुभन्दा पहिले आफ्नो नामको अगाडि ‘सु’ थपेकी थिइन् । उनले थपेको ‘सु’ ले उनलाई राम्रै फाईदा गर्यो । उनको वास्तविक नाम मिना घिमिरे हो । पाइलट रोशन सापकोटासँग विवाह गरेर वैवाहिक जीवनमै रमाएकी छन् ।
मौसमी मल्ल
अभिनेत्री मौसमी मल्लको वास्तविक नाम पनि मौसमी हैन । उनको वास्तविक नाम विष्णु माया ठकुरी हो । १३ वर्ष लामो सिने यात्रालाई अझै अघि बढाउन उनी निर्माता बनिन् र आफ्नो होम प्रोडक्शनबाट छोरा भिक्की मल्ललाई फिल्म समयबाट नेपाली सिने जगतमा डेव्यु गराइन् ।