सोमबार ३१ जेठ २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२ सय ४३ जनाको पीसीआर परीक्षण भएकोमा २६० जनालाई संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार सोही अवधिमा ११३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कोही संक्रमितको ज्यान गएको छैन । अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ । जसमध्ये २ लाख ७३ हजार ४५५ जना निको भएका छन् भने ३ हजार ३६ जनाको ज्यान गएको छ ।

हिजो सोमबार नेपालमा माघ १४ यताकै सबैभन्दा धेरै संक्रमणको केस भेटिएको थियो । हिजो २६६ जना नयाँ संक्रमित थपिएका थिए । माघ १४ मा १४५ जनालाई संक्रमण पुष्टि भएको थियो । अहिले सक्रिय संक्रमितको संख्या १९ सय ७९ रहेको छ ।यसैबीच सरकारले कोरोना विरुद्ध खोपको दोस्रो डोज वैशाख ७ गतेबाट दिने भएको छ।

प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य:निर्देशानलयअन्तर्गतको स्वास्थ्य कार्यालयले सूचना जारी गरी गत माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो डोज प्राप्त गरेकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । मन्त्रालयका अनुसार प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकतामा परी पहिलो डोज प्राप्त गर्ने व्यक्तिहरुले जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रबाटै खोप प्रदान गरिने छ।

१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया