मंगलबार ०२ कार्तिक २०७८

काठमाडौं / गोलभेडाको एउटा टोकरीका कारण भएको झ ग डाले हिं सा त्मक रुप लिँदा २० जनाको मृत्यु भएको छ । अफिकाको नाइजेरियामा भएको यो घटना निकै दुखदायी छ । गत महिना एकजना व्यक्ति टोकरीमा गोलभेडा लगेर दक्षिण–पश्चिम सहर इबादानको बजारमा गइरहेको बेला दुर्घटना हुँदा गोलभेडा सडकमा खसेपछि घटना घटेको थियो ।

सडकमा टमाटर खसेपछि नजिकैका पसले र काम गर्ने केटाहरुसँग बहस चर्कियो । वि वा दले उ ग्र रु प लिएपछि एकजना कामदारको मृत्यु भएको थियो । तर यो विवाद यत्तिमै सिमित रहेन । लगत्तै उक्त कामदारको समुदायले गोलभेडा बोकेका मानिसका समुदायसँग वि वाद शुरु गरे । त ना व यति चुलियो कि उक्त घटनाको ४ घण्टाभित्रै देशको उत्तरका मुसलमान र दक्षिणका क्रिश्चियन बाँडिए । कैयन क्षेत्रमा मा रपी ट र पसल ज ला उ ने घ टना शुरु भए ।

यो हिं सामा अहिलेसम्म २० जनाको मृत्यु भइसकेको । हजारौं मानिस भा गेका छन् । यता किसान र व्यापारीहरुले खाद्य सामग्रीको आपूर्ति ठप्प गरेका छन् । सानो कुरामा भएको झ ग डाले सा म्प्रदायिक हिं साको रुप लिएपछि यसको असर सबैतर्फ परेको छ । नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसमा मासु पाइन छोडेको छ । गोलभेडाको मूल्य चर्केको छ । उत्तरी क्षेत्रमा सबैभन्दा बढी गोलभेडा उत्पादन हुने भएपनि त्यो त्यत्तिकै खेतमा कुहिन पुगेको छ ।

१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया