
राष्ट्रिय आविस्कार केन्द्रका महाबिर पुन अहिले सामाजिक संजालमा आलोचित भएका छन । उनले मगर थर कै एक जनासंग गरेको मेसेन्जरको कुराकानी लिक भएपछि विवादमा आएका हुन् ।
पर्वतकी एक महिला हराएको हुनाले खोजि दिन भन्दै पुनले आफ्नो फेसबुकमा स्टाटस राखेको विषयमा आशा शरु मगर नाम गरेको एक जनाले पुनलाई गलत अर्थ लगाई अपशब्द प्रयोग गरेको हुनाले पुनले पनि केहि गलत शब्दहरु प्रयोग गर्न पुगेको भन्दै स्पष्टिकरण दिएका छन । पुनले उनलाई जवाफ दिने क्रममा ब्राम्हण जातीलाई असर पर्ने खालको शब्द प्रयोग गरेको हुनाले उनि आलोचित भएका हुन् । तर उक्त विषयमा महाबिर पुनले सम्झाउने क्रममा अनियतबस निस्केको शब्द भन्दै माफी समेत मागेका छन ।
स्पष्टिकरण दिदै महाबिर पुनले राखेको फेसबुक स्टाटस जस्ताको त्यस्तै :
”लौ सुन्नु होस्, मेरो भनाई —
आशा शरु मगर भन्ने एक जना फटाह मगर लाई सम्झाउने क्रममा अनियतबस चुतिया बाहुन भन्ने शब्द निस्केको हो । सो शब्दले गर्दा धेरैलाई दुख लागेको र रीस उठेको छ र त्यसको लागि मैले हिजो नै कमेन्टहरुमा मलाई माफ गर्नु होला भने को छु । त्यो फटाहा मगर ले मैले “तलको फोटोमा भएकी देवी सुबेदी नाम गरेकी महिला पर्बत जिल्ला मल्लाज बाट हराएकी छिन र कसैले देखेमा खबर गरिदिनु होला” भनेर गरेको अति संबेदनशील पोष्टमा हावा कमेन्ट गरेको हुनाले मेरो उ संग भनाभन भएको हो । ति महिनाकी भरखरै सुत्केरी भएकी छोरीले बच्चालाई बोकेर आफ्नो आमालाई खोज्ने क्रममा पर्बत जिल्ला बाट काठमाडौँ आएर मलाइ फेसबुकमा सो कुरा पोस्ट गरिदिन अनुरोध गरिन र मैले पोष्ट गरेको हो ।
त्यस्तो दुख लाग्दो कुरामा हावादारी कमेन्ट गरेको हुनाले मैले त्यो मगरलाई त्यसो भनेको हो. अनि “मैले सबै बाहुनहरू चुतिया हुँदैनन् र सबै मगरहरु लाटो हुँदैनन्, तिमी चुतिया मगर रहेछ” पनि भनेको र उ संग भएको च्याटको स्क्रिनशट पनि हालेको छु, सबैले हेर्नु होला । आज भोली केहि मगरहरु निकै नै फटाहा निस्की सकेका छन र त्यो फटाहा पनि मगर नै हो । त्यो सारु मगर र उसको गुरुहरुलाई राष्ट्रिय आविष्कार केन्द्र खोलेको पटक्कै मन परेको छैन र उसले आविष्कार केन्द्रको जरो खन्ने काम गरि रहेको छ । उसले जरो खनेर केहि हुने वाला छैन । अन्तमा फेरि पनि परिस्थिति बुझी दिनु होला र दुख लागेकोमा माफ गरि दिनु होला। धन्यबाद ”
यसै बिषयमा महाबिर पुनसंग गरिएको कुराकानी हेर्नुहोस :