मंगलबार ०७ चैत्र २०७९

बागलुङ । जिल्लाको बजारस्थित एक विद्यालयका आठ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका आठजना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु सबै छात्रा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण पुष्टि भएको हो । एकै विद्यालयका आठजना विद्यार्थीलाई संक्रमण देखिएपछि विद्यालय दश दिनका लागि बन्द गरिएको गोरखापत्रमा प्रकाशित छ ।

४९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया