मंगलबार १४ मंसिर २०७८

काठमाडौं – विदेशमा थप ४ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट कतारमा ३ जना र रुसमा एक जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले बताए ।

कतारमा ज्यान गुमाउने ४४, ४५ र ५८ वर्षीय नागरिक रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा पछिल्लो २४ घण्टामा ९ सय १० जनामा कोरोना संक्रमण देखिएको छ भने ४८९ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८४ हजार ३३४ जना पुगेको छ । यस्तै ३ सय ६ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै हालसम्म कतारमा ९ लाख ३४ हजार ८४३ जनाले कोरोनाबिरुद्धको खोप लगाईसकेका छन् ।

२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया