
एजेन्सी । वी र्यका बारेमा यी कुराहरु सायद तपाईलाई थाहा छैन होला । स्पर्म बैंकबाट बीबीसीले तयार गरेको डकुमेन्ट्रीको आधारमा आज हामी तपाईहरुलाई यसबारे अनौठा जानकारी दिन जाँदैछौं ।
१. यदि एकपटकको स्खलनमा तपाईको जीवनभरको वी र्य नि काल्ने हो भने त्यो नौ किलोमिटर लामो हुन सक्छ । २. एउटा अनुसन्धानले पत्ता लगाएको छ कि सन क्रिम र कस्मेटिकले वीर्यलाई नराम्रो असर गर्छ ।
३. सामान्य रुपमा पुरुषहरुले एक सेकेन्डमा १५०० वटा वीर्य पैदा गर्न सक्छन् । ४. एक चिया चम्चाको दुइतिहाईमा मात्रै ३० लाख वी र्य अटाउन सक्छन् । ५. गर्मी मौसममा वीर्यको सक्रियता कम हुँदै जान्छ । शरीरको बाँकी भागको तुलनामा वी र्य माइनस १४ डिग्रीले चिसो हुने गर्छ । त्यसैले पुरुषहरुले बक्सर लगाउनुपर्छ र ल्यापटपलाई आफ्नो काखमा राखेर चलाउने गर्नु हुँदैन ।
६. एउटा पुरुषको केबल आधा वी र्यमात्र सीधा लाइनमा तैरिन्छ । वीर्य तैरिनु भनेकै सक्रिय हुनु हो । कतिपय वी र्यहरु चारैतर्फ तैरिने गर्छन् र वी र्यको बहावका साथ अलग हुने गर्छन् । यी वी र्यहरु कहिल्यै रोकिदैनन् र कुनै पनि दिशामा बहन सक्छन् ।
७. माइक्रोस्कोप निर्माताले १ हजार ६ सय ७७ मा पहिलोपटक वी र्यको खोज गरेका थिए । उनले के कारणले यसको खोज गरेका थिए भन्ने विषय भने कसैलाई थाहा छैन । तर, उनको खोजले सबैलाई आश्चर्यमा पारेको थियो ।
८. स्खलन भएकामध्ये ९० प्रतिशत वी र्य काम नलाग्ने हुन्छन् । ९. वास्तवमा लाखौं वी र्यमध्ये केवल एउटा मात्रै महिलाको डिम्बसँग प्रजनन गर्न सक्दछ ।