शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं- कोरोना कहर बलिउड स्टारमा लाग्ने क्रम जारी रहेको छ । एक के बाद गरी कोरोना बलिउड स्टारहरुमा देखा परिरहेको छ । यहि बिच बलिउड नायिका कट्रिना कैफलाई पनि कोरोना पोजेटिभ भएको छ । कोरोना देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेकी छन् ।

कोरोना देखिएपछि उनले सामाजिक संजाल मार्फत जानकारी दिँदै लेखेकी छन् मलाई कोरोना पोजेटिभ देखिएको छ म आइसुलेसनमा बसेको छु मेरो सम्पर्कमा रहेका सबै सुरक्षित रहनु होला । यस अघि उनका प्रेमी विक्की कौशललाई पनि कोरोना देखिएको छ । कोरोना देखिएपछि उनी पनि होम क्वारेन्टाइनमा बसेका छन् । यस अघि कार्तिक आर्यन, आमिर खान आलिया भट्ट लगायतका स्टारमा कोरोना देखिइसकेको छ ।

यो पनि ,अभिनेत्री भुमि कोरोना संक्रमित

मुम्बई । बलिउड अभिनेत्री भुमि पेडनेकर कोरोना संक्रमित भएकी छन् । भुमिले आफु कोरोना संक्रमित भएको जानकारी इस्टामार्फत सार्वजनिक गरेकी हुन् । ‘म आराम महसुस गरिरहेकी छु । हल्का लक्षण देखिएको छ । डाक्टरको टचमा रहँदै सावधानी अपनाइरहेकी छु’ उनले लेखेकी छन् ‘यदि तपाई मेरो सम्पर्कमा आउनुभएको भए तुरुन्त टेष्ट गर्नुस् ।’ भिटामिन सी र खाना राम्रोसँग खाएर आफुलाई खुसी समेत राखेको बताएकी भुमिले अहिलेको परिस्थितिलाई हल्का रुपमा नलिन सबैमा अनुरोध समेत गरेकी छन् ।

उनले अगाडि भनेकी छन् ‘मैले सबै सावधानी अपनाएको थिए । तर पनि कोरोना संक्रमित भए । माक्स लगाउनुस्, आफ्नो हात धोइ रहनुस् ।’ कामको कुरो गर्ने हो भने भुमिको फिल्म दुर्गामती हालै रिलिज भएको थियो । जसमा रहेको उनको अभिनयले तारिफ पाएको थियो । उनी अब छिट्टै फिल्म ‘बधाई हो’ मा समेत देखिँदैछन् । फिल्मको सुटिङ हालै उनले पुरा गरेकी छन् । फिल्ममा उनको साथमा राजकुमार रावको समेत अभिनय छ । भुमि अगाडि बलिउडमा अक्षयकुमार, गोविन्दा, आलिया भट्ट, फत्तिमा सना शेखलगायतका थुप्रै कलाकारमा कोरोना संक्रमित पाइएको छ ।

१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया