आइतबार १९ मंसिर २०७८

सोमबार राति भारतको सिक्किम केन्द्रबिन्दु भएर गएको भूकम्पको झ ट्काले चितवन र देवघाट जोड्ने ठिमुरामा बन्दै गरेको पक्की पुलको २ स्पान ल डे को छ । उक्त जानकारी नेपाल सरकारका पूर्व सचिव समेत रहेका सामाजिक सञ्जालमा हाल सक्रिय भीम उपाध्यायले दिएका हुन् ।

उनले मंगलबार एक फेसबुक पोष्ट गर्दै उक्त कुराको जानकारी दिएका हुन् । भीमले फेसबुकमा २ तस्वीर समेत राखेका छन् । उनी फेसबुकमा लेख्छन्, हिजो रातिको भुकम्पको झ ट्काले चितवन र देवघाट जोड्ने ठिमुरामा बन्दै गरेको पक्की पुलको २ स्पान ल डे को छ ।

सोमबार राति पूर्वी नेपालमा समेत भूकम्पको ठूलो ध क्का महसुस गरिएको थियो । मानिसहरु रातको समयमा घर बाहिर निस्केका थिए । उक्त भूकम्पको केन्द्रबिन्दू भारतको सिक्किम रहेको बताइएको थियो । भूईचालो ५।८ रेक्टर स्केलको रहेको थियो । पूर्वी नेपालका पहाडी र तराईका जिल्लाहरुमा उक्त ध क्का महसुस गरिएको थियो । १५६ किमी जमिन मुनि उक्त भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको थियो ।

२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया