बुधबार १५ चैत्र २०७९

काठमाण्डौं। दर्शकमाझ सर्वाधिक प्रतीक्षित चलचित्र ‘ए मेरो हजुर ४’ आउँदो भदौ १८ बाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भनिएको छ । यो चलचित्रको अहिले छायाङ्कन सकिएको छ । तर केही दिन अघि काठमाडौँको ग्रान्डी अस्पतालमा गरिएको एक सिन लिक भएपछि यति बेला टिकटकमा खुबै भाइरल भइरहेको छ ।

चलचित्रका निर्माता सुनिल कुमार थापाले यो कुराको गुनासो गरेका छन् । उनले चलचित्रको छायाङ्कनलाई गोप्य राख्नको लागि नै डेढ दर्जन प्राविधिक खटाएको तर त्यति गर्दा गर्दै कसैले कतैबाट भिडियो खिचेर भाइरल बनाइदिएको गुनासो पोखेका छन् ।सुनिलले नेपालमा चलचित्र छायाङ्कन गर्नको लागि आफ्नो स्टुडियो नभएकाले यस्तो समस्या निम्तिएको बताएका छन् ।

सार्वजनिक भएको सिनमा अनमोल बिरामीको भूमिकामा देखिएका छन् भने उनको कपाल पनि छोटो छ । अनमोलको यहि लुक्स लुकाउने सुनिलको प्रयास रहेको थियो । तर त्यति गर्दा गर्दै पनि उक्त सिन लिग भएर अहिले निर्माण टिम तनावमा रहेको छ ।

२५ बर्षदेखि यो क्षेत्रमा निरन्तर काम गरिरहँदा पनि स्टुडियो बन्ने छाँटकाँट भने अझै नदेखिएको सुनिलले बताएका छन् । सार्वजनिक भएको सिन चलचित्रको क्वाइमेक्स सिन भएको बताइएको छ । ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, दुर्गेश थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

५४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया