बिहिबार ०९ बैशाख २०७८

मेषः वौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख, प्रेम स म्ब न्ध तथा पारिवारिक स म्ब न्ध सुमधुर हुनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृषः व्यक्तिगत स्वार्थ तथा वैराग्यभाव त्यागेर अगाडी बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढीनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धो का हुनसक्छ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुनः आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । परिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको ब न्ध न क सि लो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कटः प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरु हार खानेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिहंः राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै विजय भईनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्याः कृषि,सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुलाः आफ्नै मिहेनतले व्यवसायमा फ ड्को मा र्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीकोसँगको स म्ब न्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृश्चिकः रमाईलो यात्रा गर्ने अवसर जुर्नेछ । साथीभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् ।

धनुः बिशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्सित हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकरः खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धी मुलक कामहरु हुनेछन् । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भः पैत्रिक धन तथा सम्पत्तीको प्रयाग तथा परिचालन मार्फन मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ । विद्यार्थीहरुका लागि समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीनः राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरु किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया