बुधबार २९ बैशाख २०७८

काठमाडौं । प्रसुती शल्यक्रियाको क्रममा चिकित्सकले महिलाको शरिर भित्रै कपडा छोडेको भन्दै कारवाहीको माग गरिएको छ । शल्यक्रिया मार्फत प्रसुति गराउँदा अस्पतालका चिकित्सकको लापरबाहीका कारण सोलुखुम्बु सल्लेरी निवासी ३० वर्षीया डोमा घताने विश्वकर्माको ज्यान नै जोखिममा परेको छ । सोमवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवार र सामाजिक अभियन्ताहरुले सोलुस्थित फाप्लु अस्पतालका डाक्टर दिलिप कुमार साहको टिमले डोमाको ज्यान जोखिममा पारेको भन्दै कारवाहीको गर्न माग गरेका हुन् ।

कार्यक्रममा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले गम्भीर त्रुटी गर्ने चिकित्सक दो षी भएको जिकिर गर्दै कडा कारबाहीको माग गरे । उनले क्षमता भन्दा बाहिरका मानिसलाई डाक्टर बनाएको समेत आरोप लगाए । सामाजिक अभियन्ता हेमराज थापाले डोमा घतानेको सोलुखुम्बुमा बच्चा जन्माउने क्रममा डाक्टरहरुले शल्यक्रिया गर्दा कपडा भित्र छाडेको आरोप लगाए ।

उनले काठमाडौंमा रिफर गरेपछि बौद्व स्थित स्तुपा कम्युनिटि अस्पतालका डा।आशिष राज भण्डारीले एउटै व्यक्तिलाई चार–चार पटक भिडियो एक्सरे गर्न लगाएको बताए । ‘आज उनको जीवन जोखिममा छ ।’ उनले भने, ‘६५ किलो तौलकी डोमा ३० किलोमा झरेकी छिन् ।’ डा।आशिष राज भण्डारीलाई मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले कारबाही गर्नुपर्ने थापाको माग थियो ।

सामाजिक अभियन्ता ज्वाला संग्रौलाले पनि लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्न माग गरिन् । ‘एक आमाले बच्चा जन्माउदा भोग्ने पि डा अरु कसैलाई बुझ्न सक्दैन् ।’ संग्रौलाले भनिन्, ‘बच्चाले जन्मदा बित्तिकै आमाको अनुहार देख्न पाउने होकी होइन भन्ने स न्त्रा स छ ।’

७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया