
तनहुकि चौबिस बर्षिय तारा गुरुङ ।कल्कलाउदो उमेरलाई लालि पोतेर रङ्गाउने उनको यो उमेरमा उनी कुरुप भित्ताहरुलाई रङ्गिन बनाउननै ब्यस्त छिन् ।उनले अहिलेसम्म सयौ घरहरुलाई रङ्गिन बनाएर सजाइसकेकि छिन् । ताराले पेन्टिङ काम गर्न थालेको पनि चार बर्ष बितिसकेको छ ।पेन्टिङ काम ताराले काठमाडौंमा सिकिन र यसलाई व्यवसायिक रुपमा भने चितवनमा उनले सुचारु गरिन् ।अहिले तारा चितवनका विभिन्न घरहरुलाई रङ्गाउनमै व्यस्त हुन्छिन् ।
उनले रङ्गाउने ती भित्ताहरुमा लागेका काला दागहरु जस्तै उनको जिवनको भित्ताहरुमा पनि काला दागहरु छन् । जब उनले १२ बर्षकै कलिलो उमेरमा आफ्नो पितालाई यश संसारबाट गुमाईन अनि सुरुभयो ताराको काहालि लाग्दो यात्राहरु ।आफुले राम्रो लगाउन नपाएको राम्रो पढ्न अनि राम्रो खान नपाएको गुनासो त छदैछ ।तर यसरी पेन्टिङ गर्दै हिड्ने उनिप्रति समाजको नजरले समेत उनलाई कहिलेकाही दुखि बनाउछ ।
हेर्नुस् भिडियो सामाग्री