शुक्रबार १७ चैत्र २०७९

काठमाडौ । दिलिप रायमाझी र निरुता सिंह निकै चर्चित जोडी हो । उनीहरु फिल्म ुदर्पण छाँयाुवाट चर्चित भएका हुन् । उनीहरुको फिल्ममा जमेको यो जोडीलाई दर्शकले निकै मन पराए । त्यसपछि उनीहरुको जोडी धेरै फिल्ममा देखिए । उनीहरुको जोडीलाई दर्शकले यसरी मनपराए की उनीहरुको जिवनकै एउटा मोड थियो । नायीका निरुताले यो कुरा आफै स्वीकार गरेकी छन् । दर्पण छाँयावाट हाम्रो जिवनमा नयाँ मोड आयो । त्यो हाम्रो लाइफकै टर्निगं प्वाइन्ट थियो, उनले एक अन्तरवार्ताका क्रममा भनेकी छन्, हामी विभिन्न रुपमा परिचित भयौं ।

नेपाली चलचित्रको इतिहाँसमा सबैले सम्झने नाम दर्पण छाँया का रुपमा रहेको उनको भनाई छ । उनले आफ्नो सुन्दरताको राज पनि खुलाएकी छन् । मनमा जसले पोजेटिभ सोचाई राख्छ उ संधै सुन्दर हुने बताएकी छन् । यसै क्रममा दिलिपले भने, तपाईलाई नराम्रो देख्ने मान्छे अहिले सम्म भेटेको छैन । तर निरुताले भने दिलिपलाई भेटे भने अब गाली गर्छु भनेर आएको थिए । म गाली गर्छु । उनले दिलिपले आफुलाई मेन्टेन नगरेको देख्दा रिस उठेको बताएकी छन् ।

त्यती राम्रो नाच्ने, कलाकारीता गर्ने मानिसले आफुलाई मेन्टेन नगरेको देखेर मलाई दुख लागेको छ, निरुताले यसो भन्दा दिलिपले रमाइलो पाराले भने म त खादा पनि लुकेर खानु परेको थियो । दिलिपलाई घरमा गयो श्रीमतीको किचकिच फिल्म सेटमा निरुताको किचकिच भनेर अरुले जिस्क्याउने गरेको पनि उनीहरुले स्मरण गरे ।

७४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया