बिहिबार ०९ बैशाख २०७८

गसिप- केहि समय पहिला नायिका श्वेता खड्काले दोस्रो बिहे गरिन् । त्यसपछि लगत्तै चर्चित गायिका अञ्जु पन्तले पनि दोस्रो बिवाह गरिसकेकी छन । भने नायिका रेखा थापा देखि रिमा बिश्वकर्मासम्मको बिवाहको बिषयले चर्चा पाएको छ ।

यसैक्रममा नायिका रीमा विश्वकर्माले भने दोस्रो विवाह गर्ने संकेत दिएकी छन् । विवाह भएको २ बर्षमा डिभोर्स गर्नुभएकी गरेकी उनले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताइन् ।

‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले दोस्रो विवाहको विषयमा चर्चा गरेकी हुन् । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले अब बिहेको कुरा गर्दा हुने भन्दै प्रशंग शुरु गरेकी थिइन् ।

नायिका विश्वकर्माले आफ्नो बिहेको कुरा गर्ने बेला भैसकेको तर्क गरेपनि दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताइनन् । अभिनेत्री रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने बताएकी थिइन् ।

कोहीपनि पूर्ण रुपमा ठिक नहुने भन्दै कहिलेकाही कमजोर महशुश गरिरहेको बेलामा साथ दिने साथीको आवश्यकता भएको बताइन् । आफुले एकपटक बिहे गरेर सबै कुरा थाहा पाइसकेँको भन्दै आफ्ना लागि बिहे महत्वपूर्ण नभएको तर्क राखिन् । अर्को बिहे आफ्नो कहिले गर्ने भन्ने कुरा आफ्नो इच्छामा भर पर्ने पनि उनको भनाइ थियो ।

६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया