बिहिबार ०९ बैशाख २०७८

बुटबल जानकिनगरमा बाइक दु’र्घ’ट’ना हुँदा गुल्मी हुँगाका समाज सेवी यमलाल पाण्डेको छोरा ,केही गरौं भन्ने सोचले पूर्ण युवा, असल र सहयोगी घनस्याम पाण्डे’को नि’ध’न भए’को छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारीले सोसल मिडिया फेसबुकमा पोस्ट सेयर गर्दै घनस्याम’को मृ’त्यु भए’को जानकारी दिएका छन्। हेर्नुहोस यस्तो छ चन्द्र भण्डारीको फेसबुक पोस्ट :

गुल्मी हुँगाका आदरणीय समाज सेवी यमलाल पाण्डेको छोरा ,केही गरौं भन्ने सोचले पूर्ण युवा, असल र सहयोगी घनस्याम पाण्डेको बुटबल जानकि नगरमा बाइक दु’र्घ’टना’बाट भए’को नि’ध’न’को ख’बर’ले अत्यन्तै दु’खि’त र म’र्मा’ह’त बनाय’को छ। यस् दु:ख’द घ’डी’मा उहाँ’को बै’कु’ण्ठ बास’को का’मना गर्दछु ।साथै सोकाकुल परिवारजन’लाई य’स दुख’को समय’मा ई’श्व’र’ले धै’र्य’धा’रण ग’र्नी श’क्ति प्र’दान गरु’न भन्ने प्राथना गर्दछु ।

यो पनि पढ्नुहोस् , गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीयका ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ । गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन् । उहाँहरु दुवै जनालाई थप उपचारका लागि राति नै चितवन पठाइएको उहाँले बताउनुभयो ।

दुर्घटनामा परी लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल भएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो ।घाइते नराल दूधपोखरी गाउँपालिका शिक्षा शाखाका प्रमुख रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो । जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया