बिहिबार २३ बैशाख २०७८

काठमाडौ / इनरुवा अस्पतालमा भएको एक घ’टनाले विहिवार सामाजिक सञ्जालमा निकै चर्चा पायो । चिकित्सक पवित्रा अधिकारीले एउटा ट्वीट गरिन् जसमा छोरी भएकै का’रण नवजात शिशुलाई जिवितै गा डी यो । अर्को अस्पतालबाट रेफर भई आएको एउटा विरामी र त्यससम्बन्धी पत्र सार्वजनिक गर्दै बिहीबार बिहान डा अधिकारीले ट्विटरमा लेखिन, ‘इर्मजेन्सीको डियुटीमा रहँदा यो रिफर्ड केस हेर्नुपर्‍यो। छोरी भएकै का’रण जिउँदै बच्चालाई माटोभित्र पुरिएछ। नेपालमा अझै पनि यस्तो भइरहेको छ।’

उनले यति लेखेर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा भयो । उनको ट्वीटमा हजारौं कमेन्ट आएका छन् । त्यसपछि प्रहरीले पनि चासो देखायो । कसैले प्रत्यक्ष घ’टनावारे प्रहरीसंग जानकारी लिने प्रयास गरे । तर प्रहरीले बताएको वास्तविकता र डा अधिकारीले उल्लेख गरेको कुरामा फरक देखियो ।

इनरुवा अस्पताल सुनसरीको रिपोर्टमा ती महिलाले गो प्यरुपमै शिशु जन्माएर शिशुलाई पुरेको उल्लेख भएपनि वास्तविकता अर्कै रहेछ । चिकित्सकले भनेजस्तो छोरी भएकै का’रण त्यसो गरेको भने नदेखिएको प्रहरी अनुसन्धानवाट खुलेको छ । घ’टना भएको त हो तर छोरी भएकै का’रण होइन । अविवाहित युवतीले शिशु जन्माएका का’रण यस्तो घ’टना भएको हो ।

अविवाहित युवतीले बच्चा जन्माएपछि त्यसलाई लुकाउन त्यसो गरिएको पाइएको इलाका प्रहरी कार्यालय दुहवीका इन्स्पेक्टर घनेन्द्र हाङखदुमले पुष्टि गरेका छन् । घ’टना पछि बिहीबारमात्रै डिस्चार्ज भएकी आमालाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंगलबार सुनसरीको गढी–६ स्थित मेडिकल हलमा एकजना युवती ढाड दुख्यो भन्दै उपचारका लागि आइपुगेकी थिइन् । डाक्टरले उनलाई औ षधि दिएर त्यो लगाउन भने। औ षधि लिएर निस्केकी युवती मेडिकल हलकै शौचालयमा गएकी थिइन् । आधा घण्टा पछि निस्कदा उनले शिशु जन्माएर हातमा लिएर आएकी थिइन् ।

अविवाहित भएका का’रण बच्चा जन्माएपछि डरले ट्वाइलेटकै छेउछाउमा रहेको फोहोर जलाएको खरानीमा लुकाउने प्रयास गरेकी थिइन् । तर बच्चा रोएपछि अरुले थाहा पाएर त्यसो गर्न दिएनन् । तत्काल बच्चालाई उद्दार गरेर प्रहरीले जिल्ला अस्पताल इनरुवामा लगेका थिए ।

जिल्ला अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान भनेर रेफर गरिदियो । प्रहरीकै सहयोगमा बच्चालाई उपचारका लागि विराटनगर लगिएको भएपनि त्यहाँ पुग्दा सम्म बच्चाको नि’धन भएको प्रहरीले जनाएको छ।

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया