बिहिबार ११ कार्तिक २०७८

दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ ।

नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो । यो शोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो ।

१६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ ।

नेपाली गीत संगीतको सबैको प्रिय कार्यक्रम बनेको एक मात्र चर्चित रियालिटी सो दि भोइस अफ नेपालको आजको कार्यक्रमको दोस्रो प्रतियोगीसन्ध्या थपलियाले गाउँदा राजु निकै गीत सुन्दरै डुबिरहेका थिए । राजुले सन्ध्यालाई देखेर मोहीत बनेको दृश्य सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

भिडियो:

३१० पटक हेरिएको

तपाईको प्रतिक्रिया