मंगलबार ०२ कार्तिक २०७८

मेषः लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्गे मुनाँफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ । पढाई लेखाईमा अली बढी मिहेनतको खाँचो पर्ने देखिन्छ ।

वृषः व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । वौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रशन्न हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुशी हुनेछन् । दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मिथुनः समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेको छ । व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि, पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

कर्कटः खोज तथा अनुसन्धानको शिलशीलामा लामो दुरिको यात्रा हुने योग रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहनेछ ।

सिहंः समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धो का हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

कन्याः माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पत्ती तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तुलाः उपहार तथा भौतिक सम्पत्ती हात लागी हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गा ठो क सि ने छ ।

वृश्चिकः पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यवसाय अरु दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । चिठ्ठा पर्ने तथा उपहार प्राप्तीको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डो रो क सि लो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतीमा मन प्रशन्न हुनेछ ।

धनुः आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ भने कृषी तथा पशुपालन व्यवसाय फस्टाउनेछ ।

मकरः समय तथा भाग्यले साथ दिने हुदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । सूचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

कुम्भः व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यवसायमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ती फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।

मीनः प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ ।

२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया