शनिबार १४ जेठ २०७९

परिवारका लागि खुसी खोज्दै युएई पुगेका बाँके नेपालगन्ज उपमहानवरपालिका राँझा निवासी चन्द्र मल्लले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । १५ दिन अघि भएको घटनामा ज्यान गुमाएका मल्लको शव शनिवार नेपाल आइपुगेको छ ।उनको आज नै अन्तिम संस्कार गरिएको छ । जन्मघर दैलेख भएपनि केही वर्ष देखि राँझामा वसाई सरेका मल्ल १५ वर्ष अघि वैदेशिक रोजगारीका लागि युएइ पुगेका थिए । उनको त्यहाँ सवारी दुर्घटनामा ज्यान गएको उनका संगै रुममा बस्ने साथी हर्क चन्दले जनाएका छन् ।चन्दले एक स्टाटस लेख्दै उनले घटनाबारे जानकारी गराएका छन् भने दुख ब्यक्त गर्दै परिवारलाई समवेदन भनेका छन् । उनीसंगै एउटै कम्पनीमा काम गर्ने तथा नातेदारले फेसवुक मार्फत घटनाको जानकारी गराएका हुन् ।

माचै १३ तारिख शुक्रवार छुट्टीको दिन साथी पुर्ण न्यौपानेको साथमा घुम्न निस्केका उनी साथीलाई त्यहाँको एक नेपाली काठमाडौ रेष्टुरेष्टमा छोडेर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ ।वाटो का ट् ने क्रममा उनलाई कम्पनी नजिकै रहेको रोयल प्याल्जा रेष्ट हाउसको अगाड राती करिब साढे ९ वजे अरवी नागरिकले चलाएको गाडीले ठ क्क र दिएको थियो ।दुर्घटना पछि त्यहाँको साकार हस्पिटल मा उपचारको लागि लगिएको थियो । चिकित्सकले उनलाई मृ त घोषित गरेका थिए । उनका प्लस २ पढ्दै गरेका २ छोरी र ८ कक्षा पढ्दै गरेका एक छोरा । वैदेशिक रोजगारीमा गएर परिवारका लागि सुख दिउँदा भनेका मल्ल वाकसमा फर्कनुपर्दा उनको परिवारमा शोक छाएको छ ।

एक महिना पहिला मृ त्युको खबर सुनेका उनको परिवार त्यही बेला देखि निदाउन सकेका छैनन । छोरा छोरीको उज्जवल भविष्य भन्दै विदेशिएका मल्ललाई उनै नाबालक छोराले कि रि या गर्नु परेको छ ।बुवाको शव अगाडी देखेर सानो बालकको आँखामा देखिएको पी डा ले सबैलाई रुवाएको थियो । १४ बर्ष बिदेशमा बसेर अब परिवारको खुसि संगै रमाउने बेला आफै बाकसमा फर्किनु परेको यो घटनाले सिङ्गो बजार सोक माग्न बन्न पुगेको छ । तस्विर तल हेर्नुहोस

३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया