शनिबार ०९ साउन २०७८

नायक अनमोल केसीको प्रेम चर्चा नेपाली चलचित्र क्षेत्रका लागि नयाँ भने होइन । किनकी अनमोल जुन चलचित्रमा काम गर्छन् उनको नाम सोही चलचित्रकी नायिकासँग जोडिन्छ । उनको प्रेम जेरी नायिका आना शर्मासँग रहेको बताइन्छ । दुबैले प्रेम स्विकार गरेनन् । यसपछि विभिन्न नायिकासँग अनमोलको नाम जोडिएपनि उनले स्विकार भने गरेका छैनन् ।

यसैविच पछिल्लो समय अनमोलको नाम एक मोडलसँग जोडिएको छ । केही म्यूजिक भिडियो विज्ञापन र छोटा चलचित्रमा काम गरेकी आज्ञा कारन्जितसँग अनमोलको नाम जोडिएको छ । उसो त अनमोलले पनि आज्ञालाई आफ्नो साथी मात्र भन्दै आएका छन् । आज्ञाले भने अनमोलसँगको विभिन्न तस्वीर पोष्ट गर्दै प्रेमको चर्चालाई थप बल पुर्याउने काम गरिरहेकी छिन् ।

अनमोलको जन्मदिनका दिनमा आज्ञाले विशेष मान्छेको विशेष दिन भन्दै अनमोलसँगको तस्वीर पोष्ट गरेकी थिइन् । उनले लेखेकी थिइन् तिम्रो ठूलो दिन जती विशेष छ त्यती नै विशेष तिमी मेरो लागि छौं अकु ।

अनमोललाई उनले अकु भन्दै सम्बोधन गरेको देखिन्छ । अनमोल र आज्ञा एकसाथ दार्जिलिङ समेत पुगेको खबर केही समय अगाडि सार्वजनिक भएको थियो । यसले पनि उनीहरुविच प्रेममा रहेको चर्चालाई मलजल पुगेको छ ।

उसो त मिडियामा आज्ञाले अनमोलसँग पारस नामक चलचित्रमा काम गर्न लागेको चर्चा पनि चलेको थियो । निर्माता भूवन केसीले पारसका लागि नायिका छनोेट गरिसकेका छन् । पारसकी नायिकाको बारेमा विस्तृत जानकारी हामी केही दिनमै सार्वजनिक गर्नेछौ ।

१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया