बुधबार १५ चैत्र २०७९

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल प्रतियोगिता ‘थ्री नेसन्स कप’को उपाधि नेपालले उचाल्यो । नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी प्रतियोगिताको सोमवार भएको फाइनल भिडन्तमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो । त्यसक्रममा नेपालका लागि संजोग राई र विशाल राईले गोल गरे ।

सञ्जोगको गोलबाट लिएको अग्रता विशालले ४१ औं मिनेटमा दोब्बर पारेका थिए, त्यही गोल नेपालको जीतमा निर्णायक बन्न पुग्यो । प्रतियोगिता समापन भएको ४ दिनपछि विशालले उक्त खेलमा गोल गर्दाको क्षण र आफ्नो फूटबल करियरबारे कुराकानी गरेका छन् । कुराकानीका क्रममा विशालले गोल गरेपछि आँखा चिम्म गर्दा नेपालको झण्डा मात्र देखेको स्मरण गरे ।

धेरै एक्सपोजर पायो भने नेपालले फूटबलमा निकै राम्रो गर्न सक्ने उनको विश्वास छ । टाढा पठाउन आमाले गाह्रो मान्दामान्दै पनि विशाल सानैमा झापाबाट कसरी काठमाडौं आए ? यहाँ आएपछि उनका संघर्षका दिन कसरी अगाडि बढे ? भावी दिनका लागि उनका योजना कस्ता छन् ? यी र यस्तै प्रश्नमा विशालको जवाफ सुनौं भिडियोमा :

४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया