मंगलबार ०७ चैत्र २०७९

पाँच दिन अगाडि सामाजिक सञ्जाल फेसबुकमा राजालाई भेट्न नदिइएको स्ट्याटस लेखेका सिलवाल बिहान मृ,त भेटिएका छन् । स्वतन्त्र नागरिक समाज हिन्दु राष्ट्र माहा अभियानका संयोजक हेमबिक्रम सिलवालले आ,त्म ह,त्या गरेका छन् । उनले राजालाई पहिले भने भेटेका थिए । तर विगत ४, वर्ष यता भने उनले भेटन नै पाएका थिएनन ।

विगत लामो समयदेखि राजतन्त्र र हिन्दुअधिराज्यको पक्षमा लागेका सिलवालले सत्याग्रह समेत गरेका थिए । उनले राजाका सचिवहरुले भेट्न नदिएको भनेका छन् । ललितपुरको पाटनढोकामा श्रीमतिसहित बस्दैं आएका सिलवालले आ,त्म ह* त्या गर्नुपूर्व ४ दिन अगाडी जीवनमा मैले ठूलो भूल गरे शीर्षकमा एउटा लामो स्टाटस लेखेका थिए । मृ,त्युबारे थप कारण भने खुलेको छैन् ।

यस्तो थियो उनको स्ट्याटस- जिबनमा मैले ठुलो भुल गरे ! मैले राजनीति गर्नु राष्ट्र , राष्ट्रियता प्रजातन्त्र राजसंस्था र हिन्दु अधिराज्य भनेर देश र जनता भनेर हिड्दा मेरो सबै थाेक सकिएछ ! मेरो पिता पुर्खाकाे नास्व भनेर नेपाली हुनुमा गर्व लाग्न पनि छाैडयाे !, १४ बर्ष स्वतन्त्र नागरिक समाज भनेर समाजलाई जागरण र जागरुक बनाउने काम गरे तर मेरो समाजले मु,ल्यांकन गरेनन् !

भिमशेन थापाले पनि त्यसै आत्महत्या गरेको हाेइन रहेछ ! मल्ल कालमा भिम मल्लकाे श्रीमतीले त्यसै सराप दिएको हाेइन रहेछ ! नेपालमा देश र जनता भन्नेहरुकाे हालत यस्तै हुदा रहेछन ! हामी जस्तो जनमिनु नै बेकार रहेछ ,देश भन्नु त मर्नु पर्ने रहेछ , जिउँदै मर्नु पर्ने रहेछ यहाँ काे बुद्धि जीवी , पत्रकार आमनागरिक चुनाव आए पछि मासु भात पैसामा बिक्दा रहेछन् !

मलाई स्व पुर्ब मान्त्री खुमबहादुर खड्काले भनु हुन्थ्यो भाइ नेपालमा चुनाव जित्न पैसा चाहिन्छ भन्थे मैले पत्याइन तर हाे रहेछ ! जनतालाई देश हाेइन मासुभात दारुपैसा भए पछि केही न चाहिदो रहेछ ! चुनाव नआउन्जेल नेतालाई गाली वेजति गर्ने ! चुनाव आए पछि मासुभात पैसामा भाेट हाल्ने ।”

हाम्रो समाज कसरी बिकास निकासकाे बाटोमा हिड्नु ! १२ बर्ष रामायण सुनाए सीता कस्काे जाेइ भन्दा रावर्णकाे भने झै भयो ! राजसंस्था हिन्दुराज्यकाे मुद्दा लिएर हिड्दा सबैकाे ताराे ! तर राजाको सचिव मलाई राजा भेन दिदैन्न ! नेपालमा राजसंस्था र हिन्दुराज्य नल्याउन राजाको सचिव सागर तिमल्सिना र डा. फडिन्द पाठक लागेका छन् !

राजाको नजिक भएर राजसंस्था खतम पार्ने ! राजालाई हामीले राम्रो सबै मिलाई राछाै भनेर झुठो आश्वासन दिने ! जस्ले देश बुझेको छ ! उसलाई राजा संग भेट”घाट नगराओैने आफ्नो आफन्त आस्य पास्य आफ्नो भजन मन्डली लाई भेटाउने राजाकाे भन्दा नि आफ्नो गितगाउन लगाउने ! यस्तो पाराले नेपालमा राजसंस्था र हिन्दुराज्य कहिले आउदैन !

जसको बिहे हेर्नै नदे भनेझैं ! मैले राजा संग भेटेर कुरा गर्न खाेजेकाे ४ बर्ष भयाे ? सागरलाई भन्यो डाक्टर फडिन्द पाठकलाई देखाउछ ! याे कुमाई र जैसिले मलाई बिरालोले मुसा खेलाएझै खेलाए ! जैसि र कुमाई यति खराब हुदा रहेछन् ! मेरो जाहाज डुबाई दिए मेरो १४ बर्ष स्वतन्त्र नागरिक समाज ईस्थापना गरेर मुलुकलाई राजसंस्था र

हिन्दुअधिराज्य मेरो पुर्खाकाे धर्म म सिपाहीकाे सन्तान भनेर मैले कमाएको पैसा १४ बर्षमा आन्दोलन धर्ना बिचार गाे”ष्टी बिराेध प्रदसंन र नेपाल सरकारलाई ज्ञापन पत्र दिएर जागरण कार्यक्रम गरेर संके आज म पैसा सकिएर जाेगी भए तर मलाई एक पटक राजा संग कुरा गर्ने बाताबरण मिलाई देउन भन्दा उले उ उले उ देखाए र मलाई बेकुफ बनाए ! म पैला मरे त ठिकै छद ”

“”म भन्दा राजा ज्ञानेन्द्र पछि मरे भने आर्यघाटमा फुलमाला चडाऊला राजाकाे निजी सचिव सागर तिमल्सिनाले मलाई म राजा ज्ञानेन्द्रकाे निजी सचिव रहून्जेल तपाईं राजा भेट्टन दिन्न भने ? मेरो त राजा संग आस्था मात्र हाे ! मेराे बाटो छेकेर मलाई केफरक पर्छ र मैले देशको लागि राजसंस्था र हिन्दुराज्य हुनु पर्छ भनेर सत्यागर गरे मेरो घरमा चामल नभए र भाे,काे बस्या हाे ?”

नेपाली समाजलाई मेरो प्रन १४, बर्षमा मैले कमाएको पैसा ४, करोड ५० लाख सिधा्याए तर मेरो आस्थामा चाेट राजाका सचिव सागर तिमल्सिना र डाक्टर फडिन्द पाठकले गरे तर धर्तीमा कलि छ केही छैन ! यिनिहरुकाे हिसाब किताब यमराजले गर्लान् मैलेग,लती गरेको भए मलाई गर्लान् !

एउटा युवा देश जलिरहेछ राम्रो सबैकाे हाेस ! भनेर अघि बडछ भने सके साथ दिनु नसके खुट्टा तान्ने काम नगर्नु मलाई केफर पर्छ र देशलाई हानी नाैक्सानी नहाेस , जय गुरु गाेरख हेम बिक्रम सिलवाल संयाेजक स्वतन्त्र नागरिक समाज हिन्दु राष्ट्र माहा अभियान ।

११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया