
गुल्मीको मुसिकोट नगरपालिका ७ वामीनजिकै न्वारामा संचालित गंगा होटल संचालक मृ”त फेला परेकी छन् । बाग्लुङ बडिगाड गाउँपालिका २ स्थायी घर भई न्वारामा ३० वर्षदेखि होटल संचालक गर्दै आएकी ५८ वर्षीया गंगादेवी शेरचन मृ”त फेला परेकी हुन् ।अविवाहित शेरचनले एक्लै खाजानास्तासहितको होटल संचालन गर्दै आएको
मुसिकोट नगरपालिका– ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिए । उनका अनुसार शेरचन आफ्नै घरभित्र हातखुट्टा बाँधिएको अवस्थामा मृ”त फेला परेकी थिइन् ।होटलको मुल गेट बन्द थियो । सहायक ढोका खोलेर ह”त्या भएको हुन सक्ने स्थानीयको भनाइ छ । आइतबार बिहान अबेरसम्म पनि होटेलको ढोका नखुलेपछि स्थानीयवासीले वामी प्र”हरीचौकीमा खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्र”हरी उपरिक्षक अर्जुन रानाभाटा र प्रहरी नायव उपरिक्षक माधवराज खरेलको टोलीले घ”टनास्थलको अवलेकन गरेको छ ।भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान र मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्र”हरी उपरिक्षक अर्जुन रानाभाटाले बताए ।
हात खुट्टा बाँधिएको र शब घोप्टो अवस्थामा भएकाले ह”त्याको आशंकामा कुकुर झिकाइएको रानाभाटले जानकारी दिए । ‘कुकुर र प्रहरी दुवैको कामअगाडि बढाएका छौँ । शवको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,’ उनले भने ।
यो पनि पढ्नुहोस
पोखरा हवाई दुर्घ”टनामा मृ”त्यु भएकामध्ये छ जनाको श”व पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र श”व पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए। उनका अनुसार नेपाल प्र”हरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो ।
उनले परिवारको नमुना सङ्कलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए। यो विधिबाट श’व पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । काठमाडौँ ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो । गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।