मंगलबार ०७ चैत्र २०७९

कैलाली । कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको ह त्या गरेका छन् ।

मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्र हार गरेर ह त्या गरेका कैलाली जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइ/ते लगनीदेवीको धनगढीको नवजीवन अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रहरीका अनुसार श्रीरामले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्र/हार गरेका थिए ।

प्रहरीले श्रीरामलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । श्रीराम यसअघि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ ।

बिरामीलाई कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्रा/उ

​​​​​​​अष्ट्रेलियामा एक नेपाली नर्स बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा पक्राउ परेकी छन् ।

नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको आरोपमा पक्राउ गरिएको हो ।

एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

यो कसुरमा पाण्डेलाई जेल सजाय समेत हुन सक्ने बताइएको छ ।

४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया