बुधबार ०३ कार्तिक २०७८

काठमाडौ । भारतमा फेरी स्वास्थ्य खतरा बढेपछि घर फर्कने नेपालीहरुको लर्को लागेको छ । जसका कारण नेपालको सिमा क्षेत्रमा पनि खतरा बढेको हो । भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएको छ । यो पहिलाको भन्दा थप खतरनाक भएको बताइएको छ । भारतमा दैनिक मजदुरी गर्न गएका नेपालीहरु दिनहुँ लर्को लागेर फर्कने गरेका छन् । जसका कारण नेपालको सिमा क्षेत्रमा पनि कोरोनाको खतरा बढेको छ । सिमानाका जिल्लाहरुमा संक्रमितको संख्या पनि थपिदै जान थालेको छ ।

त्यस्तै पेप्सिकोलामा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु छन् । प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते उनलाई ट्रमा सेन्टर लगिएको थियो । तर, चिकित्सकहरुले मृत घोषणा गरे । प्रहरीका अनुसार गोभाजुसहित ७ जना सवार बा १० च २८६४ नम्बरको कार मुलपानीबाट जडिबुटीतिर आउँदै गर्दा पेप्सिकोला काठमाडौं–३२ वडा कार्यालय अगाडि अनियन्त्रित भएर रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।

३५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया