
मेषः पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । विद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्यम रहेकोले प्रतिस्पर्धीहरु नै हाबी हुनेछन् । अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्र ण य स म्ब न्ध मा सामान्य शंकाले केही समयको लागि टाडिनु पर्ने बाध्यता आउनेछ । आफन्त, मामा तथा मावली पक्षसँग राय बाजिनेछ ।
वृषः अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागि भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ । उपहारका रुपमा विलाशी वस्तु हात लागि हुनेछ । प्रेम स म्ब न्ध सुदृढ हुने तथा छुट्टिएका स म्ब न्ध पुनः सुचारु हुने योग रहेको छ ।
मिथुनः कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेको छ । व्यापारमा लगानी गर्नको लागि केही समय धैर्यधारण गर्नुहोला । तर पनि कृषि,पशुपालन तथा पुख्र्यौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नचाहाँदा नचाहाँदै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।
कर्कटः आफन्त,छिमेकी तथा दाजुभाईसँग घरायसी कुरामा राय बाजिनेछ । छोटो तथा लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । आँट, शाहस तथा पराक्रम गर्न नसक्दा आतमा आईसकेको काम अरुकै हातमा पर्नेछ । विवाद तथा न्यायीक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्रेममा मन मु टा व तथा धो का हुनेछ ।
सिहंः सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । वुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाईलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ । गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।
कन्याः ढिला सुस्ती तथा मनमा अशान्तिले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापारमा लगानी गरे पनि न्यून प्रतिफल प्राप्त हुनेछ । अध्ययनको लागि समय प्रतिकुल रहेको छ भने प्राप्ताङ्क आफूतिर ल्याउन निकै मेहनेत गर्नु पर्नेछ । पुरख्यौली सम्पत्ती तथा भौतिक सम्पत्तीमा विवाद हुन सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।
तुलाः खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तर पनि यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरि पाउने योग रहेको छ ।
वृश्चिकः स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
धनुः आफन्त तथा बुवा सरहका मानिससँग मन मु टा व सिर्जना हुनेछ । व्यापार व्यवसायबाट न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारी काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ ।
मकरः सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिती रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भः आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढी नै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धो का हुनसक्छ । व्यक्तिगत स्वास्थ्य तथा वै रा ग्य भाव त्यागेर अगाडी बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला ।
मीनः साथ दिने तथा सहयोग गर्नेहरुले हात झिक्नाले चिताएको काम बिलम्ब गरी सम्पादन हुनेछ । सामान्य काममा श्रम तथा समय खर्च हुनेछ भने अरुको काममा समय खर्च हुनेछ । बिलाशी वस्तु तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजानाले अरुभन्दा पछि परिनेछ । जीवन साथीको सहयोग नपाईनाले व्यापार व्यवसायमा भनजस्तो आम्दानी हुनेछैन ।