बुधबार ०८ बैशाख २०७८

काठमाडौँ – यातायात समितिमा आवद्ध यूवाहरु बीच भएको वि’वादका कारण झ’डप हुँदा एक युवाको मृत्यु भएको छ । नलगाड नगरपालिका ४ जाजरकोटका ३५ वर्षीय नरेश रावलको बारेकोट गाउँपालिका २ देउल स्थित खोलामा शुक्रबार दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।

नलगाड ४ का सुजन कार्की र विकास रावल भने घाइते भएका छन् । जाजरकोट डोल्पा यातायात समितिका युवाहरुबीच वि’वादपछि झ’डप भएको थियो । घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरी सदरमुकाम खलंगा ल्याउँदै गरेको जाजरकोटका डिएसपी मधु थापाले जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो पनि : दाङमा यात्रुबाहक बस दुर्घटना दुई जनाको मृत्यु

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए । घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया