आइतबार १९ मंसिर २०७८

काठमाडौ / श्रीमान विदेशवाट आएको केही दिनमै श्रीमती हराएपछि अहिले सम्म खोजी गर्दा उनी फेला परेकी छैनन् । उनको खोजी गरिएको भएपनि फेला पर्न नसक्दा घ”टना सं’कास्पद भएको छ । राजु परियार धेरै वर्ष विदेशमा बसेर भर्खरै नेपाल फर्किएका थिए । उनको श्रीमती सीता परियार केही दिन देखि हराएकी छन् । एक जना स्थानियले उनलाई शंकास्पद अवस्थामा देखेको भनेपछि अहिले प्रहरीको सहयोगमा उनलाई खोला किनारमा खोजि गरिएको छ ।

सीताको माइती पक्षले आफ्नो छोरीलाई त्यस्तो निर्णय लिन वाध्य पारिएको आरोप लगाएका छन् । उनीहरुले सीताको श्रीमानले अरु युवतीसंग लागेको थाहा पाएपछि सीताले त्यस्तो निर्णय लिएको हुनसक्ने आशंका गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा राजलाई अर्कै महिलासंग बसेको फोटो देखेको पनि बताएका छन् । त्यो फोटो राजुको छोरीले पनि देखेकी थिइन् । एक वर्ष अघि त्यसरी फेसवुकमा तस्बिर देखिनु र अहिले राजु नेपाल आउँदा पनि ति महिला एउटै प्लेनमा आएको पनि खुलेको छ ।

उनी नेपाल कुन मितिमा आए भन्ने पनि खुलेको छैन । जुन महिलासंग फेसवुकमा फोटो देखिएको थियो उही महिलासंग उनी काठमाडौसम्म आएको थाहा पाएपछि उनीहरुबीच थप शंका उब्जिएको छ । उनले श्रीमानको अन्य महिलासंग पनि सम्बन्ध रहेको थाहा पाएपछि यस्तो निर्णय लिएको हुनसक्ने माइती पक्षको आरोप छ । सीताले श्रीमानले विदेशवाट पठाएको पैसाले घर बनाउन लागेकी थिइन् । त्यो घर पनि अहिले आधामै रोकिएको छ ।

गाउँमा पनि सीतालाई नराम्रो भन्ने कोही छैन । आँखामा राख्दा पनि नबिझाउने स्वभावकी सीताले किन यस्तो निर्णय गरिन् भन्ने अहिले निकै र’हस्यमय भएको छ । ज्वाई नेपाल आएको बारे आफुहरुलाई जानकारी नभएको माइती पक्षको भनाई छ । ज्वाई कहिले आउनुभयो भन्ने हामीलाई थाहा छैन, घरमा केही का’रण नभई किन कसैले पनि यस्तो कठोर निर्णय लिन सक्दैन त्यो कुरा छानविन हुनुपर्छ सीताको भाउजुले भनिन्, ज्वाइंले अर्को श्रीमती पाउनुहोला तर मेरा भान्जा भान्जीले अब आमा त कहिल्यै पाउँदैनन् ।

उनलाई खोलामा खोज्दा पनि फेला पर्न सकेकी छैनन् । उनले कुनै गलत निर्णय लिएको हुनसक्ने आशंका गरिएको छ । आखिर लामो समय विदेश वसेर श्रीमान घर आउने वित्तिकै सीताले किन यस्तो निर्णय गरिन् भन्ने खुलेको छैन । यो एउटा शं’का मात्र हो पुष्टि भएको छैन ।

११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया