मंगलबार १२ आश्विन २०७८

धनगढीः भागरथीघ’टना प्र’करणको अनु’सन्धानमा खटिएका दुई जना प्रहरीको बढुवा भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको घ’टनाको सफल अ’नुसन्धान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरिएको हो।

यस्तै, इलाका प्रहरी कार्यालय, राजापुर बर्दियामा दरबन्दी भएर हाल जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान नरबहादुर थापालाई हवल्दार पदमा बढुवा गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथी प्र’करणको अनुसन्धानमा सफलता प्राप्त गरेर कार्य कुशलता देखाएको भन्दै कदरस्वरुप प्रहरी नियमावलीअनुसार बढुवा गरिएको बताए।

प्रहरी सहायक निरीक्षकबाट नायब निरीक्षकमा बढुवा भएका थापा यसअघि २०६५ सालमा डोटीमा गो ली हा ने र शिक्षकले छात्राको ज्या न लिएको घ’टनाको सफल अ’नुसन्धान गरेवापत जवानबाट हवल्दारमा बढुवा भएका थिए।

२०७३ सालमा पनि महेन्द्रनगरको संगम होटल ह त्याका ण्डको अनुसन्धानमा पनि सफल भएको भन्दै हवल्दारबाट प्रहरी सहायक निरीक्षक(असइ)मा बढुवा भएका थिए।

त्यस्तै भागरथी प्रकरणको सफल अनुसन्धान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसहितका ५ प्रहरी पुरस्कृत भएका छन्।

प्रहरी प्रधान कार्यालयले घटनास्थल पुगेर घ’टनाको सफल अनुसन्धान गरेको भन्दै प्रहरी नायब महानिरीक्षक सुवेदीसहितका प्रहरीलाई अभिलेखमा जनाउनेगरि नगदसहित पुरस्कृत गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए।

पुरस्कृत हुने अन्य प्रहरीमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्षमा दरबन्दी रहेका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर रहेको उनले बताए।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बे पत्ता भएकी भागरथीको शव कर णी पछि ज्या न लिएको अवस्थामा भोलिपल्ट स्थानीय लबलेक सामुदायिक वनमा फेला परेको थियो।

२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया