बिहिबार २३ बैशाख २०७८

काठमाडौ । अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक भएको छ । जुन तस्बिर देखेर अनेक अनुमान लगाउन सकिन्छ । कारको सुरक्षाको लागि यसरी फलामे तार लगाएको होला भन्ने अनुमान लगाउनुभएको हो भने त्यो गलत हो । वास्तवमा खेतधनीले आफ्नो खेतमा जाने वाटो छेक्नेगरी कार राखिदिएपछि यसरी कारलाई नै फलामे वार लगाइदिएका हुन् ।

यो घटना बेलायतको वेल्समा भएको हो । त्यहाँका एकजना किसानले अर्काको बीएमडब्लू कार वरपर फलामे बार लगाइदिएका छन्। आफ्नो खेतमा जाने गेट छेकेर कार राखिदिएपछि किसानले यस्तो उपाय अपनाएका हुन् । खासमा ती किसानको खेत छिर्ने गेट छेकिनेगरी कार राखेपछि उनले चालकलाई पाठ सिकाउने फलामे बार लगाइदिएका हुन्।

यो घटनासँगै ग्रिन पार्टीका काउन्सिलर इमिली डुरान्टले मध्यवेल्समा पर्यटकहरुलाई स्वागत गरिने तर किसानको भावनालाई पनि सम्मान गर्नुपर्ने बताएकी छिन्। सो क्षेत्रमा पुगेका पर्यटकको कारलाई किसानले यसरी वार लगाइदिएका हुन् । पर्यटकले असावधानी अपनाएका कारण यस्तो गरिएको बताइएको छ । सामाजिक संजालमा यस फोटो सार्वजनिक भएपछि मानिसहरुले किसानले ठिक काम गरेको भनेर प्रतिक्रिया जनाइरहेका छन्। कार चालकहरुले आफ्नो सवारीलाई किसानको कामलाई बाधा पुग्ने गरी राख्न नहुने बताइएको छ। डेलीमेल

७० पटक हेरिएको

तपाईको प्रतिक्रिया