
रोल्पाको सुनैलस्मृती गाउँपालिका ४ का एक युवक अहिले सहयोगको अपिलमा छन् । गाडी चलाएर परिवार पाल्दै आएका युवक अहिले आफै सहयोग माग्दै आएका छन् । उनलाई मलेसियामा रहेका केही नेपालीहरुले सहयोग गरेका छन् ।
वैदेशिक रोजगारीमा रहेर पनि नेपालमा अप्ठेरोमा परेकाहरुलाई सयोग गर्दै आएकाहरुले उनका लागि सहयोग रकम पठाएका हुन् । बलराम रोका मगर नाम गरेका यि युवक ३० वर्षका भए । सुरुमा पिलो जस्तो आएको थियो । दुखाई नभएका कारण उनले खासै वास्ता गरेनन् ।
पिलो नै होला भनेर उनले सामान्य हेरविचार गरेनन् । पिलो फुटाएपछि खाडल जस्तो भयो तर उनलाई त्यो घाउ दुख्थेन । त्यसैले उनी काठमाडौमा जचाउन गए त्यहाँको जडिबुटी औषधी खाँदा निको भएन । चितवन क्या न्स र अस्पतालले दिएको औषधी खाएर उनी अहिले घरमै बस्दै आएका छन् । घरमा वृद्ध आमा, श्रीमती र एउटा सानो छोरा छ ।
परिवार उनकै आर्थिक भरमा टिकेको छ । नेपालमा उपचार सम्भव नभए भारत जाने योजना बनाएका छन् । चितवनमा उपचारका लागि ५ लाख रुपैया लाग्ने चिकित्सकले बताएका छन् । युवराज महरा जुन मलेसियामा छन् । उनले तिमी चिन्ता नलेउ भाई हामी सहयोग गर्छौ भनेर सान्त्वना दिएका थिए ।
उनले नै मलेसियामा रहेका नेपालीहरुवाट पैसा उठाएर नेपाल पठाएका छन् । नवजागरण युवा क्लवले त्यसको लागि पहल गरिदिएको हो । अहिले त्यही रकम लिएर युवाहरु उनको घरमा पुगेका हुन् । बलरामले सबैलाई आफ्नो जिवन बचाइदिन आग्रह गरेका छन् । रोल्पाका स्थानियले युवराज महरालाई धेरै धन्यवाद दिएका छन् । मलेसियामा रहेका रोल्पा र आसपासका करिब ६० जनाले उठाएर बलरामलाई उपचारका लागि पैसा पठाएका हुन् ।