बुधबार २९ बैशाख २०७८

काठमाडौ । आमा वैदेशिक रोजगारीका लागि वाहिर थिइन् । उनले जवान छोरीलाई आफ्नो माइतीको संरक्षणमा राखेकी थिइन् । झापाको दिप्ती रसाइलीको घटनाले अहिले फेरी परिवार भित्रै बालिकाहरु सुरक्षित छैनन् भन्ने देखाउँछ । कल्पना विश्वकर्मा छोरीलाई माइतीमा राखेर वैदेशिक रोजगारीका लागि थिइन । उनी ५ वर्ष देखि विदेशमा थिइन् । आमाबुवाको काखमा छोरी छोडेर उनी विदेश जाने आउने जाने गर्थिन । उनी वैदेशिक रोजगारीका लागि कतारमा थिइन् ।

तर उनले आफ्नै हजुरवुवा खड्कबहादुर कामीे नातिनीलाई यस्तो गर्लान् भन्ने सोचेकी थिइनन् । हजुरवुवावाट असुरक्षित भएपछि अहिले दिप्तीले संसारवाट विदा लिएकी छन् । उनले आमालाई यो सबै कुरा म्यासेज पठाएर जानकारी गराएकी थिइन् । तर आमालाई त्यस्तो जानकारी गराएपछि फेरी अर्का हजुरवुवासंग त्यही बालिकाको नराम्रो सम्बन्ध छ उसले ग र्भ पनि फा ले को भनेर समाज बसालेर त्यस बारेमा छलफल चलाए ।

बारम्बार यसरी आफुलाई त ना व दिएपछि १७ वर्षकी दिप्तीले यो संसार छोडेकी छन् । उनले मलाई मेरो हजुरवुवाले इज्जत लिए, मामा माइजु र समाजले मलाई साथ दिएनन् अब म बाँच्न सक्दिन भनेर उनले संसार छोडेकी थिइन् । छोरीले फोन गरेर आमालाई म भाडामा कोठा लिएर एक्लै बस्छु तर यो घरमा म बस्न सक्दिन भनेर छोरीले आफुलाई बारम्बार भन्ने गरेको बताएकी छन् । मेरो छोरीले अहिले संसार छोडेर पनि कसैले साथ दिएन भन्दै उनको आमा धरधरी रोएकी थिइन् ।

सम्झनाको एउटा मात्र सन्तान थिइन् तर आफ्नै माइतीले काख रित्तो बनाइदिए भन्दै उनी भक्कानिएकी छन् । तर सबैभन्दा ठूलो दुखको कुरा उनले छोरी गुमाएर पनि न्याय नपाएको बताएकी छन् । मामाले मोवाइल खो से का कारण यस्तो निर्णय लिइन् भन्दै निधन पछि पनि घटनालाई अन्तै मो ड् ने प्रयास गरिएको आमाको भनाई छ ।

८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया