
नवलपुर । नवलपुरमा भएको ६ महिने शिशुको घटनामा उनको आमालाई पनि कारागार चलान गरिएको छ । प्रहरीले ससुरा, अमाजु सहित बालिकाको आमा सरस्वती सिग्देललाई पनि कारागार चलान गरिएको हो । सरस्वतीको दाईले भने प्रहरीले नै मुचुल्का उठाउँदा झुटो तथ्य बुझाएको आरोप लगाएका छन् । बालिका अन्तिम अवस्थामा अमाजुको काखमा थिइन् तर प्रहरीले मुचुल्का उठाउँदा बालिका आफ्नै आमाको काखमा थिइन् भनेर तथ्य राखेको आरोप सरस्वतीका दाईको छ ।
उनले प्रहरीलेनै आफ्नो बहिनीलाई दो षी देखाउन गलत तथ्य राखेको आरोप लगाएका छन् । उनले आफुलाई प्रहरी एसपीले फोन गरेर धेरै स्मार्ट नबन है भन्दै चेतावनी दिएको पनि बताएका छन् । शिशुको बुवा, हजुरवुवा र आमालाई पुर्पक्षका लागि जे ल चलान गरिएको हो । जसले जाहेरी दियो उनी शिशुको आमा हुन्, उनी नै जेल चलान भएकी छन् ।
फुपु र हजुरआमा भने ५० हजार रुपैया धरौटीमा रिहा भएका छन् । सरस्वती सिग्देल होस्टल बसेर नवलपरासीको कावसोतीमा कक्षा १० मा पढ्दै थिइन । बुबाको नि ध न पछि सरस्वतिलाइ बुबाकै माया दिएर दाजु दुर्गानाथ सिग्देलले हुर्काए अनि बढाए, पढाए अनि लेखाए । नवलपुरकै गणेश भण्डारीले सरस्वतिलाइ प्रेम प्रस्ताव राखे । गणेश सरस्वति भन्दा कान्छा थिए ।
सरस्वतिले प्रेम प्रस्ताव अस्विकार गरिन तर गणशले उनलाइ पिछा छाडेनन । हैरान भएपछि सरस्वतीले गणेश सँग प्रेम गरिन । प्रेम झाँगिदै गयो । बिचबिचम उनीहरुबिच बिछोड हुँदै मिलन हुँदै गर्ने क्रम चलिरह्यो । त्यसपछि दुवैले विवाह गर्ने निधो गरे । गणेश घरको एक्लो छोरा थिए । त्यसकारणले सरस्वतीले उनलाइ सहजै बुहारि स्विकारेनन ।
विवाहको केहि महिनामै सरस्वती गर्भवती भइन । त्यसपछि गणेशको परिवार पनि बाध्य भयो । गणेशले सरस्वतीलाइ दिनहु जसो शारिरिक तथा मानसिक त ना व दिन थाले । तर प्रेम भएकोले सरस्वतीले माइतीमा सुनाउन सकिनन । विवाहको डेढ बर्षपछि उनीहरुको बच्चा भयो । त्यसपछि सुरु भयो सरस्वतीलाइ सुरु भयो घरबाट निकाल्ने योजना । यो योजनाले अहिले यति ठूलो रुप लिएको छ ।