
काठमाडौं ‘फुलबुट्टे सारी’ गाएकी युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीलेले मदनकृष्ण श्रेष्ठलाई भेट गरेकी छन् । गीतको लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले गीत गाएको सुने पछि मदनकृष्णलाई भेट्न मन लागेको र त्यो इच्छा पुरा भएको उनले सुनाइन् । ‘फुलबुट्टे सारी’ वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । अब भने भेट गरेर यि दुईले आफ्नो इच्छा पुरा गरेका छन् । मदनकृष्णलाई भेट्दा वियोन्स रोएकी थिइन् ।
यो गीतको लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेपछि वियोन्सले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो सफलता नै मदनकृष्णलाई भेट्नु भएको र र त्यो पुरा भएको उनले सुनाएन् । मदनकोे स्वरमा फुलबुट्टे सारी सुनेपछि आफु मदनको ठूलो फ्यान भएको वियोन्सेले सुनाइन् ।
मेरो जिन्दगीकै सबैभन्दा ठूलो सफलता नै उहाँलाई भेट्नु हो । म निक्कै खुशी छु उनले भनिन् । यता मदनकृष्णले वियोन्सको स्वरको प्रशंसा गर्दै भने–‘गीतसंगीतबाट संसारभरका मानिसहरु नजिक हुन सकिने रहेछ भन्ने पुष्टी भएको छ । श्रेष्ठले भने जब मैले वियोन्सको गीत सुनेँ, उनीसँग टाढा भएपनि पूर्व जन्मको नाता रहेछ कि भन्ने महशुश भयो ।